2026-06-26 02:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश २: बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता अभियानमा सहयोग गर्न आग्रह

भदौ १३, लहान | प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सञ्चालित ‘बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता’ अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ । 

नेपाल राष्ट्रिय मारवाडी परिषद्को १५ औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सरकारको यस अभियानलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

सामाजिक रुपान्तरण आजको प्रमुख आवश्यकता रहेको भन्दै उहाँले समृद्ध नेपाल खुशी नेपालीको सपना प्रदेश २ ले पूरा गर्ने दावी गर्नुभयो । मारवाडी समुदायलाई प्रदेश २ मा लगानी गर्न आह्वान गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धिका लागि मारवाडी समुदायको लगानी र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । 

मारवाडी समुदायको विभिन्न आन्दोलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग रहँदै आएको प्रशङ्ग उल्लेख गर्नुहुँदै मुख्यमन्त्री रावतले आफ्नो अधिकारका लागि अब मारवाडी समुदाय पनि राजनीतिमा आउनुपर्ने सुझाव दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ