Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोचक प्रशंगः जिवित मानिसको मृत्यु प्रमाण पत्र, जो आफैले पाए

By kit 8 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार। भदौ १२, बुटवल। प्रशंग अलि पुरानै भए पनि चर्चा भने अहिले पनि  बेला बोलामा गरिदै आएकोले ताजा घटना जस्तो बनेको छ । घटना हो सन–२००९ जुलाई ६ को  । त्यस दिन ईराकको टिक्रि भन्ने शहरमा कार दुर्घना भएको थियो । त्यस दुर्घटनामा गुल्मीको साविक दुविचौर गाविसका ओमबहादुर टण्डन पनि परेका थिए । दुर्घटनाको तिन महिना पछि नेपाल सरकारको  परराष्ट्र मन्त्रालयबाट दुविचौर हुलाक कार्यालयमा एउटा चिठी आयो ।

त्यति बेला त्यस कार्यालय  दुविचौर कै घोर्ले माध्यामिक विद्यालयसंगै भएकोले त्यस विद्यालयका शिक्षक फतबहादुर बस्नेत मार्फत टण्डनको घरमा त्यो चिठी पठईयो । खोलेर हेर्दा–‘सन २००९ जुलाई ६ गते भएको कार दुर्घटनामा परी दुविचौरका ओमबहादुर टण्डनको मृत्यु भएको जानकारी सहित  यो पत्र परिवारजनलाई पठाईएको छ’ भनेर लेखिएको थियो  ।  संयोगः दुर्घटनामा परे पनि बाँचेर टण्डन घर आई सकेका थिए ।

टण्डन यसरी सुनाउँछन त्यो रोचक प्रशंग –‘  म सन २००६ मा भारतिय सेनाको पेन्सन  निस्के पछि सेकुरेटी गार्ड भिसामा ईराकको  वगदात पुगेको थिएँ । सन २००९ जुलाई ६ मा ईराकको टिक्री शहरमा  कार दुर्घटनामा म सहित तिन जना पर्यौ ।

एक जना आयरल्याण्डका र  अर्का फ्रान्सका म जस्तै सेकुरेटी गार्ड थिए ।  हामी तिनै जनालाई अचेत अवस्थामा टिक्रिको अमेरिकन बेस क्याम्प अस्पतालमा पुराईएछ । ३६ घण्टा पछि मेरो होस् खुल्यो । यता घरमा रुवावासी भएको खवर आयो । मैले म जिवितै छु भनेर होस खुले पछि फोन गरें ।

घरमा पत्याएनन र भिडियोमा प्रत्यक्ष देखिने गरी बोल चाल भए पछि परिवारजनको त्यो रुवावासी शान्त भएको थियो । त्यस दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । विदेशी एक सहित दुई जना बाँचेका थियौं । हामी त्यहाँको सेवर ईन्टरनेशनल सेकुरेटी कम्पनीमा गार्ड गर्दथ्यौं ।

डिस्चार्ज पछि मलाई कम्पनीमा पठाईयो । तिन महिना पछि म घर फर्किएको थिएँ ।  घर आएको १२ दिन पछि फतबहादुर सरले एउटा चिठी लिएर आउनु भयो । हामी तिन भाई छतमा बसेर गफ गर्दै थियौं । दाजुले खोलरे त्यो पत्र  पढ्न सुरु गर्नु भयो । परराष्ट मन्त्रालयबाट आएको पत्र रहेछ ।   मेरो आफ्नै डेथ सर्टिफिकेट  पत्र  सुनेर म खित्का छाडेर हाँस्न थाले । क्रमशः सवैजनालाई त्यो पत्र हाँसाको पैरालो बन्यो । अहिले पनि बेला बेलामा त्यही पत्रको पशंग उठाउँदै जिस्काईन्छ मलाई । ’

उनले संगै रहेका छोरा दिवसलाई देखाउँदै भने–‘ उ ले हेर्नुहोस, त्यस पत्रमा मेरो मृत्यु भएको चार बर्ष पछि  जन्मेको छोरा हो त्यो ।  मृत्यु जितेर आएकोले  नवजिवनको चिनो स्वरुप धेरै पछि अर्को सन्तान जन्माउने रहर जाग्यो र जन्माएका हौं । ’

त्यस दुर्घटनामा परी टाउँकोमा लागेका घाउँका दागहरु  देखाउँदै उनले थपे–‘ ले हेर्नुहोस टाउँको नै घाजैघाजा भएको थियो । टाउँमा  १७ वटा टाँकाका दागहरु अझै छन , यो मेरो सरप्रयाज लाईफ हो । ’ मलाई कमाउनु छैन ।  यो मेरो नाफाको जिन्दगी समाज सेवामा लगाउनु छ ।

उनलाई पत्र थमाउने शिक्षक फतबहादुर बस्नेत भन्छन–‘ हो त्यो पत्र मैले हुलाकबाट लगेर दिएको हुँ । साधरण पत्र भएकोले हस्ताक्षर गरेर बुझ्नु परेन । एकदमै हो ,त्यस्तो पत्र मैले नै दिएको हुँ । ’  उनका दाजुहरु तेजबहादुर टण्डन, बुद्धबहादुर र भाई सुमन टण्डन र श्रीमति रेखा टण्डन  त्यस पत्रको प्रशंग उठाउँदा कहिले हाँस्छन  भने कहिल गम्भीर हुन्छन ।

मृत्यु जितेर आए  पछि उनले समाज सेवामा आफ्नो पेन्सन खर्चिने निर्णय गरेका छन  । त्यहाँबाट फर्के पछि उनले दुविचौर उर्लेनी मै रहेको लिटिल स्टार बोर्डिङ्ग स्कुलमा लगानी गरे ।  भारतिय सेनाको पेन्सनबाट आउने मासिक ३० हजार सोही विद्यालयलाई दिने गरेको उनि बताउँछन ।

यसपालीको एसईई परिक्षमा जिल्ला मै त्यस विद्यालयले उत्कृष्ट नतिजा ल्याएकोमा उनि गौरव गर्छन । उनले प्राय कहिल्लै चस्मा आँखामा लगाउँदैनन । त्यही दुर्घटनामा परेको टाउँकोमा राख्छन । किन कि त्यो  घाउँको   दागहरु छोपियोस ।