2026-09-01 07:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रोचक प्रशंगः जिवित मानिसको मृत्यु प्रमाण पत्र, जो आफैले पाए

प्रेम सुनार। भदौ १२, बुटवल। प्रशंग अलि पुरानै भए पनि चर्चा भने अहिले पनि  बेला बोलामा गरिदै आएकोले ताजा घटना जस्तो बनेको छ । घटना हो सन–२००९ जुलाई ६ को  । त्यस दिन ईराकको टिक्रि भन्ने शहरमा कार दुर्घना भएको थियो । त्यस दुर्घटनामा गुल्मीको साविक दुविचौर गाविसका ओमबहादुर टण्डन पनि परेका थिए । दुर्घटनाको तिन महिना पछि नेपाल सरकारको  परराष्ट्र मन्त्रालयबाट दुविचौर हुलाक कार्यालयमा एउटा चिठी आयो ।

त्यति बेला त्यस कार्यालय  दुविचौर कै घोर्ले माध्यामिक विद्यालयसंगै भएकोले त्यस विद्यालयका शिक्षक फतबहादुर बस्नेत मार्फत टण्डनको घरमा त्यो चिठी पठईयो । खोलेर हेर्दा–‘सन २००९ जुलाई ६ गते भएको कार दुर्घटनामा परी दुविचौरका ओमबहादुर टण्डनको मृत्यु भएको जानकारी सहित  यो पत्र परिवारजनलाई पठाईएको छ’ भनेर लेखिएको थियो  ।  संयोगः दुर्घटनामा परे पनि बाँचेर टण्डन घर आई सकेका थिए ।

टण्डन यसरी सुनाउँछन त्यो रोचक प्रशंग –‘  म सन २००६ मा भारतिय सेनाको पेन्सन  निस्के पछि सेकुरेटी गार्ड भिसामा ईराकको  वगदात पुगेको थिएँ । सन २००९ जुलाई ६ मा ईराकको टिक्री शहरमा  कार दुर्घटनामा म सहित तिन जना पर्यौ ।

एक जना आयरल्याण्डका र  अर्का फ्रान्सका म जस्तै सेकुरेटी गार्ड थिए ।  हामी तिनै जनालाई अचेत अवस्थामा टिक्रिको अमेरिकन बेस क्याम्प अस्पतालमा पुराईएछ । ३६ घण्टा पछि मेरो होस् खुल्यो । यता घरमा रुवावासी भएको खवर आयो । मैले म जिवितै छु भनेर होस खुले पछि फोन गरें ।

घरमा पत्याएनन र भिडियोमा प्रत्यक्ष देखिने गरी बोल चाल भए पछि परिवारजनको त्यो रुवावासी शान्त भएको थियो । त्यस दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । विदेशी एक सहित दुई जना बाँचेका थियौं । हामी त्यहाँको सेवर ईन्टरनेशनल सेकुरेटी कम्पनीमा गार्ड गर्दथ्यौं ।

डिस्चार्ज पछि मलाई कम्पनीमा पठाईयो । तिन महिना पछि म घर फर्किएको थिएँ ।  घर आएको १२ दिन पछि फतबहादुर सरले एउटा चिठी लिएर आउनु भयो । हामी तिन भाई छतमा बसेर गफ गर्दै थियौं । दाजुले खोलरे त्यो पत्र  पढ्न सुरु गर्नु भयो । परराष्ट मन्त्रालयबाट आएको पत्र रहेछ ।   मेरो आफ्नै डेथ सर्टिफिकेट  पत्र  सुनेर म खित्का छाडेर हाँस्न थाले । क्रमशः सवैजनालाई त्यो पत्र हाँसाको पैरालो बन्यो । अहिले पनि बेला बेलामा त्यही पत्रको पशंग उठाउँदै जिस्काईन्छ मलाई । ’

 उनले संगै रहेका छोरा दिवसलाई देखाउँदै भने–‘ उ ले हेर्नुहोस, त्यस पत्रमा मेरो मृत्यु भएको चार बर्ष पछि  जन्मेको छोरा हो त्यो ।  मृत्यु जितेर आएकोले  नवजिवनको चिनो स्वरुप धेरै पछि अर्को सन्तान जन्माउने रहर जाग्यो र जन्माएका हौं । ’

त्यस दुर्घटनामा परी टाउँकोमा लागेका घाउँका दागहरु  देखाउँदै उनले थपे–‘ ले हेर्नुहोस टाउँको नै घाजैघाजा भएको थियो । टाउँमा  १७ वटा टाँकाका दागहरु अझै छन , यो मेरो सरप्रयाज लाईफ हो । ’ मलाई कमाउनु छैन ।  यो मेरो नाफाको जिन्दगी समाज सेवामा लगाउनु छ ।

उनलाई पत्र थमाउने शिक्षक फतबहादुर बस्नेत भन्छन–‘ हो त्यो पत्र मैले हुलाकबाट लगेर दिएको हुँ । साधरण पत्र भएकोले हस्ताक्षर गरेर बुझ्नु परेन । एकदमै हो ,त्यस्तो पत्र मैले नै दिएको हुँ । ’  उनका दाजुहरु तेजबहादुर टण्डन, बुद्धबहादुर र भाई सुमन टण्डन र श्रीमति रेखा टण्डन  त्यस पत्रको प्रशंग उठाउँदा कहिले हाँस्छन  भने कहिल गम्भीर हुन्छन ।

मृत्यु जितेर आए  पछि उनले समाज सेवामा आफ्नो पेन्सन खर्चिने निर्णय गरेका छन  । त्यहाँबाट फर्के पछि उनले दुविचौर उर्लेनी मै रहेको लिटिल स्टार बोर्डिङ्ग स्कुलमा लगानी गरे ।  भारतिय सेनाको पेन्सनबाट आउने मासिक ३० हजार सोही विद्यालयलाई दिने गरेको उनि बताउँछन ।

यसपालीको एसईई परिक्षमा जिल्ला मै त्यस विद्यालयले उत्कृष्ट नतिजा ल्याएकोमा उनि गौरव गर्छन । उनले प्राय कहिल्लै चस्मा आँखामा लगाउँदैनन । त्यही दुर्घटनामा परेको टाउँकोमा राख्छन । किन कि त्यो  घाउँको   दागहरु छोपियोस ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली