८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बेपत्ता भएको १७ वर्ष बितिसक्दा पनि फर्केर आउँछ कि भन्ने आश…

१५ भाद्र २०७५, शुक्रबार ०३:४४

भदौ १५, सल्यान (रासस) | कपुरकोट गाउँपालिका–७ की अमृता बोहरालाई बाबाले बजारबाट फर्किदा मिठाइ लिएर आउनुहुन्छ भनेर आमाले सम्झाएको अहिलेजस्तो लाग्छ । 

आठ वर्षकी उनले बाबालाई पछ्याउन खोज्दा म बेलुका फर्किहाल्छु आउँदा मिठाइ ल्याइदिन्छु छोरी भनेर सदरमुकाम हिँड्नु भएका बेदबहादुर बोहरा अहिलेसम्म फर्केर आउनुभएन । बुबाको त्यही बोली उनका लागि अन्तिम बन्यो । 

“विसं ०५८ पुस १८ गते सल्यानको सदरमुकाम जानुभएका अमृताका बुबालाई तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरी बेपत्ता बनायो, रुँदै अमृताले भन्नुभयो, मारेको भए मारिसक्यों, भन्नुपर्यो जीवित हुनुहुन्छ भने भन्नुपर्यो किन हामीलाई यस्तो पीडा दिएको ?” 

यस्तै पीडा छ बागचौर नगरपालिका–१० पिपलनेटाका घमण्ड बुढाथोकीलाई । “छोरा बेपत्ता भएको १७ वर्ष बितिसक्दा पनि फर्केर आउँछ कि भन्ने आश अझै मरेको छैन । म पढेर आएपछि तपाईंहरूलाई राम्रोसँग पाल्छु भनेर पढ्न गएको पोखरसिंह कहिल्यै नफर्कने गरी गएको रहेछ”, रुँदै बुढाथोकीले भन्नुभयो । “विसं ०५८ मा सेनाले गिरफ्तार गरेर छोरालाई बेपत्ता बनायो गल्ती गरेको भए देशमा कानून थियो होला बेपत्ता नै बनाउने गरी सजाय दिने छोराको के गल्ती थियो ? सरकार किन जवाफ दिँदैन”, उहाँले भन्नुभयो । 

सिद्ध कुमाख गाउँपालिका–३ सिद्धेश्वरीकी डबली परियारको आँखामा आशु अहिलेसम्म सुकेको छ्रैन । जेनतेन छोराछोरीको छाक टारे पनि आफ्नै आँखा अगाडिबाट श्रीमान् डोटीरामलाई लगेर बेपत्ता पारेको सम्झिँदा अझै मन थाम्न सक्नुहुन्न । राजनीतिबारे कुनै चासो नभएको उहाँलाई आफ्नो श्रीमान्लाई किन बेपत्ता बनाएको हो भन्नेसम्म थाहा छैन । “मेरो श्रीमान्ले गाउँमा कसैको केही बिगारेनन्, खेतबारी जोतेर खाने परिवार हो किन लगेर बेपत्ता बनाए ? जीवित भए जीवित छ भन्नुप¥यो, मारेको भए लाश देखाउनुपर्यो”, डवलीले भन्नुभयो । 

यी त प्रतिनिधि मात्रै हुन् तत्कालीन सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिहरू अझै फर्केर भनेर आउँछन् कि भनेर परिवारले अझै आश गरेका छन् । अभिभावक गुमाएर टुहुरो बनेका परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । सदरमुकाममा हुने धेरै कार्यक्रममा उपस्थित भएर भकानिदै वेदना सुनाउने परिवारले शान्ति प्रक्रिया हँुदै सङ्घीय गणतन्त्र आइसक्दा पनि न सास पायौं न त लाश नै भनी गुनासो गरिरहन्छन् । 

बेपत्ता छानविन आयोग बनाइए पनि सन्तोषजनक काम नगरेको उनीहरूको गुनासो छ । बेपत्ता भएका ५९ जनाको छानविन आयोगमा उजुरी परे पनि अहिलेसम्म ३९ ले मात्र राहत बुझेको साविकको स्थानीय शान्ति समितिका सचिव विष्णु शर्माले जानकारी दिनुभयो । “जिल्लामा उजुरी परेको भनेर ५९ को उजुरी छानविन आयोगमा पठाइएको थियो २० जनाको सम्बन्धमा आवश्यक कागजात पूरा गर्न नसक्दा तत्कालीन शान्ति समितिमै थन्केर बसेका छन्” शर्माले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना