2026-09-14 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

खाल्डाखुल्डी पुर्दै नेपालगञ्ज उपमहानगरपालिका

भदौ १५, नेपालगञ्ज | तीन वर्ष अघि निर्माण सम्पन्न नेपालगञ्जको राँझादेखि जमुनहासम्मको सडकमा परेका खाल्डाखुल्डी नेपालगञ्ज उपमहानगरपालिकाले पुर्न थालेको छ । 

सडकको दयनीय अवस्थाका कारण नेपालगञ्ज उपमहानगरपालिकाले अहिले सडकका खाल्डाखुल्डी मर्मतमा लागेको हो । “खाल्डाखुल्डीमा परेर सवारी साधन दुर्घटना भयो नागरिकको ज्यान नै सङ्कटमा पर्ने कुरालाई दृष्टिगत गरी मर्मतको काम शुरु गरेका हौँ”, कार्यवाहक नगर प्रमुख प्रमोद रिजालले बताउनुभयो । 

एशियाली विकास बैंकको ऋण सहयोगमा सडक डिभिजन कार्यालयमार्फत चार लेनको सो सडक निर्माण गरिएको हो । पप्पु निर्माण कम्पनीले बनाएको यो सडक शुरुवाती चरणमै कमसल खालको बनाएको भन्दै स्थानीय राजनीतिक दल र नागरिक समाजले विरोध जनाएका थिए । कुल ६ किलोमिटर लम्बाइको यो सडकको कैयौँ स्थानमा खाल्डाखुल्डी परेको छ । वर्षातमा परेको पानी सडकबाट नालामा झर्दैन । हस्तान्तरण नहुँदै अरू निकायले निर्माण गर्न नपाउने नियम छ । 

सडकको खाल्डाखुल्डी पुर्न पटकपटक निर्माण कम्पनीलाई भने पनि सुनुवाइ नभएपछि ठेकेदारबाट असुलउपर हुने गरी उपमहानगरपालिकाले मर्मतको काम शुरु गरेको कार्यवाहक नगर प्रमुख रिजालले बताउनुभयो । 

निर्माण कम्पनीले समयावधि बितिसक्दा पनि सङ्घीय सरकारलाई सडक हस्तान्तरण नगर्दा स्थानीय सरकारले सडक मर्मत गर्नुपरेको छ । हस्तान्तरण नगर्दै सडक जीर्ण बन्दै गएका कारण नेपालगञ्ज उपमहानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने अभियान नै चलाएको हो । नगरपालिकाको अभियानमा नागरिकले पनि साथ दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले