२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

प्रदेश ५ का प्रहरीलाई नागरिकको शान्ति सुरक्षा मुख्य चुनौती

२०७५, १५ भाद्र शुक्रबार १०:०४

भदौ १५, बुटवल । प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) शेरबहादुर बस्नेतले आम नागरिकको शान्ति सुरक्षा नै प्रहरीको प्रमुख चुनौती रहेको बताएका छन् । 

‘यो प्रदेशमा मुख्य गरि लागु औषध ,सवारी दुर्घटना र महिला हिंसा सबैभन्दा चुनौतीको रुपमा छन् ,हामीले यस्लाई न्युनिकरणतर्फ रणनीति नै बनाएर लागेका छौं ।’ 

शुक्रबार बुटवलमा रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा आयोजित शान्ति सुरक्षा र मानबअधिकार बिषयक साक्षात्कारमा बोल्दै उनले जनताको जनधनको सुरक्षाका लागि प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए । उनले सुरक्षा बिना बिकास सम्भब नभएको प्रष्ट गर्दै नेपाल प्रहरीले समग्र नागरिकको सहकार्य चाहेको बताए ।

‘प्रदेश बनिसकेपछि हाम्रो दरबन्दी (प्रहरी संख्या ) घटेको छ ,संघीय प्रहरी इकाइ कार्यालय ,तालिम केन्द्र,दंगा गणहरु पनि यताउता भएको छ ,यस्ले केहि असहज भएको हो  । ’ उनले भने ।

प्रदेश ५ मा १ बर्षे कार्ययोजना बनाएर सुरक्षा सर्तकता बढाइएको उनले बताए  । 

मानवअधिकारको बिषयमा नेपाल प्रहरी एकदमै संबेदनशील रहेको भन्दै उनले प्रहरीले यस्लाइ छुट्टै सेल नै निर्माण गरेर संबेदनशीलताका साथमा हेरिरहेको बताए ।

‘प्रदेश ५ मा १ बर्षे कार्ययोजना बनाएका छौं,सडकमा सुरक्षित ढंगले हिड्न पनि हामीले सिकाएका छौं’ बस्नेतले भने—‘ समाजमा भएका गैर सामाजिक र गैरकानुनी कामहरुलाइ पत्रकारहरुले प्रहरीसंग ल्याइदिएर सहयोग गर्नूस् ।’

उनले अपराधको श्रृङ्खला बढेको भन्दा पनि अहिले बाहिर आउने क्रम ( अपराधको रिपोर्ट) बढेको भन्दै लागु भएको नया अपराध संहिताले काम गर्नमा केहि झण्झट बनाएको समेत बताए ।

बितेको ३ बर्षको अबधिमा प्रदेश ५ मा जबरजस्ती करणी,हाततियार,महिला हिंसा,दुर्घटना,बेचबिखनको संख्या बढेको भन्दै सबैमिलेर निर्मूल पार्नुपर्ने बताए । 

राष्टिय मानव अधिकार आयोग प्रदेश कार्यालय प्रमुख पवनकुमार भट्टले आफ्नो कार्यालयमा ३९४ वटा उजुरी परेको जानकारी दिए ।

उनले हत्या,बेपत्ता,यातना,मानव बेचबिखन,अधिकार लगायतका बिषयमा उजुरी परेको बताए । मानव अधिकारप्रति जनताको चासो बढेको छ ।

१८ प्रतिशत उजुरीमा राज्यले सहयोग गरेको र अन्यमा असहयोग भैरहेको बताए । आयोगको सिफारिसलाइ सरकारले कारबाही गर्न नसकेको उनले बताए ।

अबका दिनमा अधिकार र कर्तब्यलाइ सम्झनुपर्ने बेला आएको उनको धारणा छ ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय उपाध्यक्ष गोबिन्द खनालले मानव अधिकारको बिषय नेपालमा हत्या र हिंसामा मात्रै सिमित राखिएको बताए ।

बिश्वको अबस्था हेर्ने हो भने मानव अधिकारको बिषयमा नेपाल ३ सय बर्ष पछाडि रहेको दाबि गरे ।

 बेपत्ता तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ओझेलमा परेको भन्दै उनले १० बर्षे जनयुद्धका छिटाहरु अझैपनि बांकी रहेको उनले बताए । कंचनपुरको घटनामा प्रहरी प्रशासन मिस गाइडेड भएको दाबि गरे ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीले बितेको ६ महिनामा प्रदेश ५ मा मानव अधिकार हनन्का ७०६ घटनाको तथ्यांक इन्सेकको रेकर्डमा आएको बताइन्  ।उनले रुपन्देहीमा १ सय ५७ वटा घटना घटेको भन्दै बालबालिका ,महिला यस्को शिकारमा परेको जानकारी दिइन् ।सो कार्यक्रम क्लबका प्रदेश प्रमुख  रामकुमार क्षेत्रीको अध्यक्षतामा र कपिल ज्ञवालीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह