Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाउनुको विकल्प छैन: नेता केसी

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | असोज ३, बुटवल । नेपाली कांगे्रसका नेता  तथा पुर्वमन्त्री  अर्जुन नरसिंह केसीले सरकारले ल्याएको मुलुकी सहिंताले सबै क्षेत्रलाई अफठ्रोमा पारेको उल्लेख गर्दै पे्रसलाई यो वा त्यो प्रकारले सरकारले अबरोध गर्न खोजेको आरोप लगाएका छन ।

प्रेस युनियन रुपन्देहीको आज बुटवलमा आयोजित २० औं साधारणसभा तथा आठौ अधिवेशनलाई सम्वोधन गर्दै उनले भने–‘ सञ्चारकर्मीहरुले पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाउनुको विकल्प छैन ।

उनले  थपे ‘ प्रेस स्वतन्त्रताको संरक्षण गर्नु पर्नेमा सरकारले बन्देज गर्न खोजेको छ ।’ आस्थाका कारण फरकफरक ठाउंमा उभिएपनि स्वतन्त्र पे्रसको पक्षमा सबै पत्रकारहरु एकठाउं हुनुपनु पर्नेमा उनको जोड थियो  ।

पुर्व मन्त्री के सीले  मुलुकी सहिंताले पत्रकारहरुलाई अंकुशल लगाउनुका साथै   जनतालाई सुसुचित हुने अधिकारबाट बन्चित गराएको बताए ।स्वतन्त्र पे्रस नरहे मुलुकमा लोकतन्त्र नहरने बताउंदै कांगे्रस स्वतन्त्र पे्रसको पक्षमा रहेको उनले धारणा राखेका थिए  ।

लोकतन्त्रलाई संस्थागत गर्न र संविधान कार्यान्वयन गर्न नयाँ प्रकारको आन्दोलन आवश्यक रहेको उनको भनाई थियो  ।कार्यक्रममा पे्रस युनियनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सरकारले ल्याएको मुलुकी सहिंताले पे्रसलाई कमजोर बनाउने  धारणा राखेका थिए ।

उनले पे्रसलाई जिम्मेवार बनाउन सरकारले नसकेको दावी गर्दै स्वतन्त्र पे्रसको पक्षमा खवरदारी गर्नुपर्ने बताए । पे्रस युनियका उपाध्यक्ष वाला अधिकारीले मिडिया बिना लोकतन्त्रको कल्पना गर्न नसकिने बताउंदै मुलुकी सहिंता स्वतन्त्र पे्रसको बिपक्षमा रहेको दावी गरिन् ।

कार्यक्रममा नेपाली कांगे्रसका रुपन्देही सभापति अब्दुल रज्जाक, प्रदेससभा सांसद निर्मला क्षेत्री, पे्रस युनियनका महासचिव अजयबावु शिवाकोटी, पूर्व महासचिव शिव लम्साल, पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी पत्रकार महासंघका रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, पत्रकार माधव अर्याल, नेपाली कांगे्रसका क्षेत्रीय सभापनि हरि लम्साल, बुटवल नगरसभापति खेलराज पाण्डे, तुलाराम गुरुङ लगायतले बोलेका थिए ।

जीपी पत्रकारिता पुरस्कार: पाण्डेलाई

कार्यक्रममा जीपी पत्रकारिता पुरस्कारबाट पत्रकार छविलाल पाण्डेलाई सम्मान गरिएको छ  पत्रकार पाण्डेलाई नगद २५ हजार १ सय १ रुपैंयासहित कदर पत्रले सम्मान गरिएको छ भने सञ्चारकर्मी सीता पौडेललाई पनि पे्रस युनियनले सम्मान गरेको छ ।