2026-11-02 04:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

हावाबाट बिजुली: जिम्मेवारी कसको ?

काशीराम शर्मा | असोज ९, बाँके | बाँकेको खजुरामा हावाबाट बिजुली निकाल्न शुरु भएको प्रक्रिया अध्ययनमै सीमित भएको छ । साविकको जिल्ला विकास समितिमा वैकिल्पक ऊर्जा प्रवद्र्धन शाखामार्फत् अध्ययन भइरहे पनि उक्त शाखा खारेजीसँगै अध्ययनको जिम्मेवारी कसको भन्ने अन्योल देखिएको छ । 

जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तरण भएसँगै धेरै शाखा खारेज भएको थियो । खारेज हुनुपूर्व उक्त शाखाले नै खजुरामा टावर राखेर हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन शुरु गरेको थियो । शाखा खारेजीसँगै हावाबाट बिजुली निकाल्न अध्ययन थालिएको उक्त संरचनाको अध्ययन कसले गरिरहेको छ भन्नेमा कसैलाई जानकारी छैन । 

नियमन गर्ने निकाय नै नभएपछि हावाबाट बिजुली निकाल्नका लागि करीब एक वर्षअघि जडान गरिएका उपकरण प्रभावकारी रूपमा प्रयोगमा आउन सकेका छैनन् । लाखौँ खर्चेर बिजुली निकाल्नका लागि ८० मिटर अग्लो पाँच पङ्खा भएको उपकरण जडान गरिए पनि अध्ययन नै प्रभावकारी नभएपछि उपकरण बेकामे भएका छन् । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन शाखाले एशियाली विकास बैंकको सहयोगमा मध्य तथा सुदूरपश्चिम नेपालका जिल्लामा हावाको वेग र दिशा मापन गर्न उक्त उपकरण जडान गरेको थियो । क्षेत्रीय कृषि तालीम केन्द्र परिसरमा करीब एक वर्षअघि उक्त उपकरण जडान गरिए पनि अहिलेसम्म हावाबाट बिजुली निकालेको आफूहरूले थाहा नपाएको क्षेत्रीय कृषि तालीम केन्द्रका कर्मचारीको भनाइ छ । 

जिससका सामाजिक विकास अधिकृत मीनबहादुर मल्लले पनि सोबारे अनभिज्ञता प्रकट गर्नुभयो । 

“उपकरण जडान भएको वर्ष दिन हुँदासम्म न कोही मान्छे आउँछन् न बिजुली नै निस्किएको छ, ऊर्जा प्रवद्र्धन केन्द्रको लगानी बालुवामा पानीझै देखिएको छ”, क्षेत्रीय कृषि तालीम केन्द्रका एक कर्मचारीले भन्नुभयो, “टावर मात्रै ठडिएको छ ।” प्राविधिक रूपमा सहयोग गर्ने भन्दै आएको वैकल्पिक ऊर्जा केन्द्रले अध्ययन भइसकेका ठाउँमा हावाबाट विद्युत् निकाल्न यसअघि प्रतिमेगावाट करीब रु दुई करोडका दरले सरकारसँग बजेट माग गरेको थियो । 

वायु ऊर्जा उत्पादनका लागि आवश्यक सूचना सङ्कलन गरिरहेको सुने पनि त्यस्तो प्रभावकारी रूपमा सूचना सङ्कलनको कामसमेत गरेको नदेखिएको खजुरा गाउँपालिका–३ का युवा सतिश निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “यसको रेखदेखको जिम्मेवारी जिससले नै लिनुपर्छ, शाखा खारेज भयो भन्दैमा राज्यले लगानी गरेको लाखौँको सम्पत्ति बेवारिसे छोड्न मिल्दैन । जिससले जिम्मेवारी नलिने हो भने सम्बन्धित स्थानीय तहलाई जिम्मा दिनुपर्छ ।” 

अध्ययन थालिएको दुई वर्षसम्म प्राप्त हुने तथ्याङ्कका आधारमा हावाबाट विद्युत् निकाल्न सकिने वा नसकिने भन्ने यकिन हुने बताइएको थियो तर तथ्याङ्कको अद्यावधिक कसले र कसरी गरिरहेको छ भन्ने नै कसैलाई जानकारी छैन । खजुराकै स्थानीय युवा किरण ढकाल भन्नुहुन्छ, “हावाबाट बिजुली निकाल्न टावर ठड्याइएकोसुनेको थिएँ, अहिलेसम्म यो विषयमा कसरी अध्ययन भइरहेको छ भन्ने जानकारी छैन ।” 

तराइका जिल्लामा बाँकेमा पहिलो पटक हावाबाट विद्युत् उत्पादनका लागि अध्ययन थालिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विद्युत् विकास विभागबीच समन्वय अभावमा खजुराको योजना अघि बढ्न नसकेको जानकार बताउँछन् । दुई निकायले आपसमा समन्वय गरी यसको रेखदेख र अध्ययन थाल्नुपर्ने ढकालको भनाइ छ । उहाँले भन्नुभयो, “हावाबाट बिजुली निकाल्न लगानीकर्तालाई लाइसेन्स दिने काममा विद्युत् विकास विभागको भए पनि विभागले यसबारे कुनै चासो देखाएको छैन ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द