२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन

२०७५, १० आश्विन बुधबार ०४:५८

असोज १०, रौतहट | चन्द्रनिगाहपुरमा एसिड आक्रमणमा परि ज्यान गुमाएकी सम्झना दासको सम्झनामा आज दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

आफ्नै घरमा सुतिरहेको बेला छिमेकमा बस्ने एक व्यक्तिले एसिड प्रहर गरि घाइते बनेकी सम्झना दासको काठमाडौँमा उपचारको क्रममा अम्रिटी भएको थियो । ज्यान गुमाएकी सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्न गौरको विपी चोकमा आज दिप प्रज्वलन गरिएको हो ।

मधेस मिडिया प्रा.लि.का अध्यक्ष युवा पत्रकार तथा समाजसेवी अभिमनु कुमार पटेलको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा समेतको उपस्थिति रहेको थियो ।

दिप प्रज्वलन कार्यक्रम पश्चात बोल्दै सासंद झाले सम्झना दसलाई सरकारबाट क्षतिपूर्ति दिलाउने उद्घोष गर्दै आरोपीलाई कडा भन्दा कडा सजाय हुनुपर्ने माग गरेका थिए । झाले सम्झना दास संग भएको घट्नाले सम्पूर्ण समाजलाई नै पाठ सिक्नु पर्ने बताए । उनले कुनैपनि व्यक्तिले आफु संग गलत व्यवहार अथवा संकास्पद क्रियाकलाप गर्न खोजे नजिकको शुरक्षा निकायलाई गुहार्न आग्रह गरेका थिए ।


कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रामकिशोर यादवले दोषीमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरेका थिए । उनले दास माथि एसिड प्रहार गर्ने रामबाबु पासवानलाई पनि कडा सजाय हुनुका साथै पीडित परिवारले सरकारबाट उचित राहत उपलब्ध गराउने माग समेत गरेका थिए ।

कार्यक्रममा डा.शेख कौशर आलम, खानेपानी तथा डिभिजन कार्यालय गौरका प्रमुख अनिल प्रसाद केसरी, नेपाल तरुण दल रौतहट सभापति मो. नौशाद आलम, युवा नेता प्रकाश सिंह, समाजसेवी मिथिलेश झा, राजपा नेपालका अनिल कुमार सिंह, विवेक यादव, राकेश झा, शेख जमशैद आलम, मो. कलाम आलम, नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहट अध्यक्ष धर्मेन्द्र सिंह, युवा नेता रन्धिर सिंह, सितान्सु सिंह, लडु पटेल र संचारकर्मी दिनेश यादव लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह