२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन

१० आश्विन २०७५, बुधबार ०४:५८

असोज १०, रौतहट | चन्द्रनिगाहपुरमा एसिड आक्रमणमा परि ज्यान गुमाएकी सम्झना दासको सम्झनामा आज दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

आफ्नै घरमा सुतिरहेको बेला छिमेकमा बस्ने एक व्यक्तिले एसिड प्रहर गरि घाइते बनेकी सम्झना दासको काठमाडौँमा उपचारको क्रममा अम्रिटी भएको थियो । ज्यान गुमाएकी सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्न गौरको विपी चोकमा आज दिप प्रज्वलन गरिएको हो ।

मधेस मिडिया प्रा.लि.का अध्यक्ष युवा पत्रकार तथा समाजसेवी अभिमनु कुमार पटेलको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा समेतको उपस्थिति रहेको थियो ।

दिप प्रज्वलन कार्यक्रम पश्चात बोल्दै सासंद झाले सम्झना दसलाई सरकारबाट क्षतिपूर्ति दिलाउने उद्घोष गर्दै आरोपीलाई कडा भन्दा कडा सजाय हुनुपर्ने माग गरेका थिए । झाले सम्झना दास संग भएको घट्नाले सम्पूर्ण समाजलाई नै पाठ सिक्नु पर्ने बताए । उनले कुनैपनि व्यक्तिले आफु संग गलत व्यवहार अथवा संकास्पद क्रियाकलाप गर्न खोजे नजिकको शुरक्षा निकायलाई गुहार्न आग्रह गरेका थिए ।


कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रामकिशोर यादवले दोषीमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरेका थिए । उनले दास माथि एसिड प्रहार गर्ने रामबाबु पासवानलाई पनि कडा सजाय हुनुका साथै पीडित परिवारले सरकारबाट उचित राहत उपलब्ध गराउने माग समेत गरेका थिए ।

कार्यक्रममा डा.शेख कौशर आलम, खानेपानी तथा डिभिजन कार्यालय गौरका प्रमुख अनिल प्रसाद केसरी, नेपाल तरुण दल रौतहट सभापति मो. नौशाद आलम, युवा नेता प्रकाश सिंह, समाजसेवी मिथिलेश झा, राजपा नेपालका अनिल कुमार सिंह, विवेक यादव, राकेश झा, शेख जमशैद आलम, मो. कलाम आलम, नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहट अध्यक्ष धर्मेन्द्र सिंह, युवा नेता रन्धिर सिंह, सितान्सु सिंह, लडु पटेल र संचारकर्मी दिनेश यादव लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य