Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

ने.बी संघ लुम्बिनी बाणिज्य क्याम्पसद्वारा तोडफोड

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १० बुटवल । नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पसले मनपरी गर्ने क्याम्पस प्रमुख तारा प्रशाद उपाध्याय बस्ने कुर्सी र गाडीमा तोडफोड गरेको छ ।

कर्मचारी नियुक्तिमा मनपरी गरेको र इन्ट्रान्स पेपर आउट गरी सुनुयोजित तरिकाले हैकम मच्चाएको प्रती नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य टंक पाण्डेको नेत्रुत्वमा तोडफोड गरेको हो ।

साथै नेपाल विद्यार्थी संघले उठाएका जायज मागलाई क्याम्पस प्रमुखले चासो नलिएको र एकलौटे ढंगबाट माफिया तन्त्र ल्याउन खोजिएको आरोप लगाउदै नेबी संघ चरणबद्द आन्दोलनमा उत्रिएको ईकाई सभापति सुरज क्षेत्रीले जानकारी दिए ।

नेबिसंघ केन्द्रिय सदस्य टंक पाण्डे,लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति सुरज क्षेत्री ,नेबिसंघ सिद्धार्थ गौतमबुद्ध क्याम्पसका सभापति महेश शर्मा ,राममणिका सभापति चिरञ्जिबी बस्याल,सिद्धार्थका उपसभापति दीपक घिमिरे लगायतले क्याम्पसले आफुखुसी मान्छेलाइ जागिर दिएको भन्दै निर्णय सच्चाउन अल्टिमेटम समेत दिएका छन् ।