२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

एकहप्तादेखि विद्युत् अनियमित हुँदा जनजीवन प्रभावित

११ आश्विन २०७५, बिहीबार ०३:०९

असोज ११, बाँके (रासस)| नेपालगञ्जमा एकहप्तादेखि विद्युत् अनियमित हुँदा जनजीवन प्रभावित हुन पुगेको छ । 

दिउस र साँझको समय विद्युत् अनियमित हुँदा उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ भएको छ । विद्युत् अनियमित हुँदा स्थानीय पत्रपत्रिका प्रकाशनमा समस्या देखिएको नेपालगञ्जस्थित त्रिपुरा प्रेसका सञ्चालक दीपक कठायतले बताउनुभयो । 

‘‘कतिबेला बत्ती आउँछ, कतिबेला जान्छ थाहै हुँदैन, छपाइको काममा ढिलाइ भइरहेको छ ।’’ उहाँले भन्नुभयो,“बत्ती नहुँदा न काम गर्न सकिएको छ न त राम्रोसँग सुत्न सकिएको छ ।” 

नेपालगञ्जमा विद्युत् अनियमित हुँदा उद्योग व्यवसायमा क्षति पुगिरहेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । नियमित विद्युत्का लागि पटक–पटक पहल गरिए पनि नियमित हुन नसकेको उहाँको गुनासो थियो । 

केन्द्रीय प्रसारण लाइनबाट विद्युत् अवरोध भएका कारण अहिले नेपालगञ्जमा दैनिक ८ घण्टासम्म विद्युत् अनिमित गर्नुपर्ने अवस्था आएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादवले जानकारी दिनुभयो । कालीगण्डकी जलविद्युत केन्द्रको विद्युत् गृहमा नियमित मर्मत गर्नुपर्ने भएकाले केन्द्रीय प्रसारणमा अवरोध हुँदा नेपालगञ्जमा पनि समस्या भएको उहाँले उल्लेख गर्नुभयो । 

बाँकेमा दैनिक २० देखि २२ मेगावाट विद्युुत आवश्यक पर्नेमा अहिले नेपालबाट पाँच र भारतबाट १० मेगावाट मात्र विद्युत् आपूर्ति भइरहेकाले पाँचदेखि ८ मेगावाट विद्युत् अपुग हुँदा असोज १२ गतेसम्म एक फिडरमा दैनिक दुई घण्टा सर्वसाधारणले सास्ती खेप्नुपर्ने अवस्था रहेको प्रमुख यादवले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ