Skip to content
Friday, July 17, 2026 Nepali Online Media
September 27, 2018 बाँके - BNK, समाज

एकहप्तादेखि विद्युत् अनियमित हुँदा जनजीवन प्रभावित

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज ११, बाँके (रासस)| नेपालगञ्जमा एकहप्तादेखि विद्युत् अनियमित हुँदा जनजीवन प्रभावित हुन पुगेको छ ।

दिउस र साँझको समय विद्युत् अनियमित हुँदा उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ भएको छ । विद्युत् अनियमित हुँदा स्थानीय पत्रपत्रिका प्रकाशनमा समस्या देखिएको नेपालगञ्जस्थित त्रिपुरा प्रेसका सञ्चालक दीपक कठायतले बताउनुभयो ।

‘‘कतिबेला बत्ती आउँछ, कतिबेला जान्छ थाहै हुँदैन, छपाइको काममा ढिलाइ भइरहेको छ ।’’ उहाँले भन्नुभयो,“बत्ती नहुँदा न काम गर्न सकिएको छ न त राम्रोसँग सुत्न सकिएको छ ।”

नेपालगञ्जमा विद्युत् अनियमित हुँदा उद्योग व्यवसायमा क्षति पुगिरहेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । नियमित विद्युत्का लागि पटक–पटक पहल गरिए पनि नियमित हुन नसकेको उहाँको गुनासो थियो ।

केन्द्रीय प्रसारण लाइनबाट विद्युत् अवरोध भएका कारण अहिले नेपालगञ्जमा दैनिक ८ घण्टासम्म विद्युत् अनिमित गर्नुपर्ने अवस्था आएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादवले जानकारी दिनुभयो । कालीगण्डकी जलविद्युत केन्द्रको विद्युत् गृहमा नियमित मर्मत गर्नुपर्ने भएकाले केन्द्रीय प्रसारणमा अवरोध हुँदा नेपालगञ्जमा पनि समस्या भएको उहाँले उल्लेख गर्नुभयो ।

बाँकेमा दैनिक २० देखि २२ मेगावाट विद्युुत आवश्यक पर्नेमा अहिले नेपालबाट पाँच र भारतबाट १० मेगावाट मात्र विद्युत् आपूर्ति भइरहेकाले पाँचदेखि ८ मेगावाट विद्युत् अपुग हुँदा असोज १२ गतेसम्म एक फिडरमा दैनिक दुई घण्टा सर्वसाधारणले सास्ती खेप्नुपर्ने अवस्था रहेको प्रमुख यादवले जानकारी दिनुभयो ।