पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज १२, बाँके | </b>प्रहरीले चितुवाको छाला र दाह्रासहित गए राति दुई जनालाई पक्राउ गरेको छ । <br></p><p>प्रदेश नं ५ प्रहरी अनुसन्धान ब्यूरोको टोलीले वैजनाथ गाउँपालिका–१ गाभरबाट बर्दिया बाँसगढी नगरपालिका–१ का २६ वर्षीय चन्दन नेपाली र २४ वर्षीय कृष्ण वादीलाई पक्राउ गरेको हो । नेपालीसँग रहेको झोलाबाट चितुवाको १०४ इञ्च लामो छाला, ६ वटा दाह्रा तथा वादीको झोलाबाट ९० इञ्च लामो छाला बरामद गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिनुभयो । </p><p>चितुवा गोली प्रहार गरी मारिएको हुनसक्ने पौडेल बताउनुहुन्छ । दुवै छालामा गोली लागेको प्वाल रहेको छ । नेपाली र वादीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय नेपालगञ्जको जिम्मा लगाइएको छ । </p>

