2026-08-25 03:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा एकै दिनमा एक कंकालसहित ४ जनाको शव फेला

असोज १२, उदयपुर । उदयपुरमा बिभिन्न कारणले एकैदिन ४ जनाको शव भेटिएको छ। शुक्रबार बिहान २ जना मृत फेला परेका छन् भने १ जनाको कंकाल जंगलबीच भेटिएको छ । त्यस्तै १ जनाको ढिस्कोले पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका ३ र ९ को सीमास्थल त्रियुगा खोला बगरमा ४५ वर्षीय वकिल मिया मृत अवस्थामा फेला परेकी छन् । उनी त्रियुगा नगरपालिका ९ गहिरुनका स्थानीय भएको प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए । त्यसैगरी रौतामाई गाउँपालिका ६ रौतानिकासस्थित माटोको ढिस्कोले पुरेर १ वृद्धाको मृत्यु भएको छ । घर लिप्ने माटो खन्दै गरेका बेला माथिबाट ढिस्को झरेर पुर्दा ५९ वर्षीय मधुमाया रायमाझीको मृत्यु भएको हो।

बिहान ९:३० बजे गाउँका माटो खन्न गएका एकै गाउँका ४ जनालाई ढिस्कोले पुर्दा रायमाझीको केहीबेरमै मृत्यु भएको र २ बालकसहित ३ जना घाइते भएको मृतकका आफन्तले बताए । उता उदयपुरगढी गाउँपालिका ६ नेपालटारस्थित पौवा खोलामा आजै १ बेवारिसे शव फेला परेको छ । बिहान बाटो हिँड्ने स्थानीयहरुले खोला किनारमा घोप्टो परेर लडिरहेको शव देखेपछी प्रहरीलाई खबर गरेको हो । अहिलेसम्म शव कसको भन्ने नखुलेको एसपी राईले बताएका छन्।

त्यस्तै त्रियुगा नगरपालिकाकै वडा नं. १६ बेलदोभानमा मक्किसकेको कंकाल फेला परेको स्थानीयले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग