२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

सीमापारिका बजारमा नेपाली मोह

१७ आश्विन २०७५, बुधबार ०८:३१

असोज १७, नेपालगञ्ज | दशैँ, तिहार नजिकिएसँगै बाँके जिल्लाको सीमापारी भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ता बढ्न थालेका छन् । यता नेपालगञ्जका बजारका पसलमा भने दुई÷चारजना ग्राहक आउँदा पनि व्यापारीका लागि देवतै आए जस्तै भएको छ । 

भारतीय बजार रुपैडियामा नेपालगञ्ज भन्दा सामान सस्तो पाइन्छ भन्ने नेपाली उपभोक्ताको बुझाइ छ । ‘दुई÷चार सय भए पनि रुपैडियामा सामान सस्तो पर्छ र सबैखाले सामान पाइने भएकाले पनि रुपैडिया बजार रोजाइँमा पर्ने गरेको हो’ नेपालगञ्ज–१९ की लक्ष्मी बोहराको भनाइ छ । 

सीमापारि भारतीय बजार रुपैडियाबाट ल्याएको रु १०० भन्दा बढीको सामान भन्सार नतिरेर ल्याउन पाइँदैन् । तर, यो नियम व्यवहारमा लागू भएको छैन । भन्सार कार्यालयसँग नेपालगञ्जका व्यापारीको गुनासो पनि यही नै हो । “हामीले हजारौँ पटक, नियममा कडाइ गर्नुस् भनेका छांैँ, तर नेपालगञ्ज भन्सार कार्यालय र स्थानीय प्रहरी प्रशासन गम्भीर नभएपछि कस्को के लाग्छ” नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यको गुनासो छ । 

अध्यक्ष वैश्य भन्नुहुन्छ, “बहुर्राष्ट्रिय कम्पनीका सामान रुपैडियाभन्दा नेपालगञ्जमा सस्तो पाइन्छ, भारतीय उत्पादन पनि हामीले थोकमा ल्याएर यहाँ बिक्री गर्दा रुपैडियाभन्दा पनि यहीँ सस्तो पर्न जान्छ । तर वर्षौंदेखि सीमापारि सस्तो पाइन्छ भन्ने आम उपभोक्ताको सोचलाई हामीले परिवर्तन नै गर्न सकेनौँ ।” 

यही सोच परिवर्तन गर्न र नेपाली बजारप्रति उपभोक्तामा जागरण ल्याउन नेपालगञ्जका केही व्यापारी मिलेर नेपालगञ्जमा यसवर्ष दशैँ सस्तो बजार सञ्चालनमा ल्याउने भएका छन् । 

असोज २४ गतेदेखि ३० गतेसम्म नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पूर्वतर्फको खाली जग्गामा यहाँका व्यापारीले दशैँं सस्तो बजार सञ्चालन गर्ने भएका हुन् । दशैँ सस्तो बजारमा स्थानीय उत्पादनका वस्तुमा १० देखि २० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको आयोजक नेपालगञ्ज वितरण सङ्घका कोषाध्यक्ष उपकार टण्डनले बताउनुभयो । 

दशैं सस्तो बजार सञ्चालनका लागि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ, नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी सङ्घ, मदिरा व्यवसायी सङ्घले सघाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ