२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

दशैँ मनाउन घर फर्किदै नेपाली

१८ आश्विन २०७५, बिहीबार ०८:३७

काशीराम शर्मा | असोज १८, बाँके | भारतको गुजरातबाट दशैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइपुग्नुभयो । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उहाँ थकित देखिनुहुन्थ्यो । 

उहाँलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय प्रहरीको गाली सहनुपर्छ भन्ने । “कमाएको पैसा घर आँगनमै पुगेको बेला लुटिने आशङ्कामा डराइडराइ जमुनाहासम्म आइपुगेँ”,शाहीले भन्नुभयो । तर, जब उहाँ जमुनाहा पुग्नुभयो ढुक्कसँग नेपाल प्रवेश गर्नुभयो । दुई वर्षसम्म नेपाल नआएकोले उहाँ ढुक्कसँग घर पुग्नेमा आशावादी देखिनुहुन्थ्यो । 

उहाँजस्तै भारतको सिमलाबाट नेपाल फर्किदै गर्नुभएका जाजरकोट जगतीपुरका आइते विकलाई पनि उस्तै चिन्ता थियो । उहाँले भन्नुभयो, “सीमामा भारतीय प्रहरीले दुःख दिन्छ, सामान खोतलेर हैरान बनाउँछ भन्ने चिन्ता थियो तर त्यसो भएन ।” दशैँ नजिकिएसँगै भारतबाट घर फर्कने नेपालीलाई सुरक्षित गन्तव्यसम्म पुर्याउन नेपाल प्रहरीले राम्रै खटनपटन गरिरहेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी निरीक्षक शिव वलीका अनुसार भारतीय प्रहरीसँगको समन्वयमा रुपैडिहा रेल्वे स्टेशन र बसपार्कमा नेपाल प्रहरी आफैँ पुगेर यात्रुलाई सुरक्षित साथ नेपाल भित्र्याउने गरेको छ । 

प्रहरी निरीक्षक वलीले भन्नुभयो, “रुपैडिहा रेल्वे स्टेशन र बसपार्कमा हुने ठगी, लुटपाट र अन्य घटना हुन नदिन नेपाल प्रहरी त्यहाँ पुग्ने गरेको छ ।” भारतबाट नेपाल आउने नेपाली यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउन प्रहरीले सीमानाका जमुनाहामा यात्रु सहायता कक्षसमेत स्थापना गरेको छ । भारतबाट फर्किने नेपालीलाई लुटपाट, ठगी र अन्य अपराधजन्य घटना हुन नदिन यात्रु सहायता कक्षा स्थापना गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले भारतीय प्रहरी, एसएसबी र भारतीय भन्सारसँग समन्वय गरी नेपालीलाई जाँचका क्रममा बिना झण्झट सुरक्षित नेपाल आउने व्यवस्था मिलाइरहेको छ । नेपाली आफ्नो समूह बनाएर नेपाल फर्किरहेका छन् । जमुनाहा नाका भएर दैनिक हजारको हाराहारीमा नेपाली फर्किरहेको प्रहरीले जनाएको छ । 

जाजरकोट शिवालय–२ का खगेन्द्र विक चाडपर्व मनाउन नेपाल फर्किएको बताउनुहुन्छ । “घर परिवारसँगै चाडपर्व मनाउन घर फर्किएको हुँ”, उहाँले भन्नुभयो, “तिहारपछि फेरि उतै फर्कन्छु ।” कुशे गाउँपालिका–५ का हीरालाल टमाटा एक वर्षपछि चाडपर्व मनाउन आफू घर फर्किएको बताउनुहुन्छ । चाडपर्व मनाएर फेरि भारतनै जाने बताउँदै हीरालालले भन्नुभयो, “उता कमाइ ठीकठीकै छ । यता बसेर रोजगारी पाइँदैन, भारत नगई सुखै छैन ।” 

भारतबाट फर्किने नेपालीका कारण एक महीनायता नेपालगञ्जका होटल भरिभराउ भएर राम्रो व्यवसाय गर्न थालेका छन् । मध्यपश्चिमका पहाडी जिल्लाबाट वर्षेनी हजारौँ नेपाली रोजगारीलाई भारत जान्छन् । “अरु बेला आउन नसकेपछि दशैँको बेला बिदा मिलाएर टीका जमरा थाप्न घर आएका छौँ”, श्रीमान्सँग भारतको दिल्लीमा कमाउन गएको बताउँदै सुर्खेत चिङ्गाड गाउँपालिका–३ की जमुना विकले भन्नुभयो, “वर्षमा आउने ठूलो चाड घर त आउनु नै पर्या नि ।” 

चिङ्गाडकै विवेक खड्का दशैँ तिहार मनाउन घर फर्किन पाउँदा खुशी भएको बताउनुहुन्छ । “चाडपर्वमा घर आउने भन्छौँ के के नमिल्ने यसपालि आउन पाउँदा धेरै खुशी छु । परदेशमा दशैँ मनाउनु र आफ्नै गाउँठाउँ र साथीसङ्गीसँग मनाउन पाउँदा कसलाई खुशी लाग्दैन र ?” आर्थिक स्थिति कमजोर भएका नेपाली भारतमा कमाइ गरेर दशैँ तिहार मनाउन भदौ महिनादेखि घर फर्किने गर्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा