२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बाँके दुर्घटना अपडेट: मृतकमध्ये ५ जनाको सनाखत, घाइते १७ जनाकै परिचय खुल्यो (नामावलीसहित)

२०७५, २० आश्विन शनिबार १२:४०

असोज २०, नेपालगन्ज | बाँकेमा भएको सडक दुर्घटनाका मृतकमध्ये ५ जनाको परिचय खुलेको छ भने एक जनाको अहिलेसम्म पहिचान हुन सकेको छैन। त्यसैगरी घाइते १७ जनाको पहिचान भइसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेशबहादुर सिंहले जानकारी दिए।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको सम्शेरगन्ज जंगलमा शनिबार बिहान दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको रा१ख १६६२ नम्बरको हाइस र नेपालगन्जबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ७७२९ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । 


पालिका दाङ निवासी तुल्सी रावत, तुलसीपुरकै २७ वर्षीया बसन्ती चौधरी, ४० वर्षीया नारायणी श्रीस, ३० वर्षीया दोर्णा बुढाथोकी  र तुलसीपुरकै हायस चालक ३३ वर्षीय सुगने चौधरीको मृत्यु भएको छ। ‘एक जना मृतक महिलाको सनाखत हुन सकेको छैन,’ डिएसपी सिंहले भने। मृतकको शव कोहलपुरमै रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी तुलसीपुर–५ निवासी २१ वर्षीया कृष्ण रिजाल, तुलसीपुर–५ की २४ वर्षीया गीता भण्डारी, सोही ठाउँकी ५० वर्षीया धनी डाँगी, रोल्पा थवाङ–२ की ४३ वर्षीया राजकुमारी रोका, सोही ठाउँका ४२ वर्षीया कर्मबहादुर बुढा, शारदा नगरपालिका–१४ सल्यानकी चन्द्रहकला पुन, तलुसीपुर–६ निवासी ४० वर्षीया इन्दिरा केसी, छायाक्षेत्र गाउँपालिका–३ सल्यान निवासी ३३ वर्षीया मिना योगी, तलसीपुर–८ का ४२ वर्षीया ईश्वरी ओली, दाङ निवासी ५९ वर्षका टेकबहादुर सुनार घाइते भएका छन्। 

यस्तै तुलसीपुर–६ निवासी ३६ वर्षीया कल्पना बस्नेत, तुलसीपुर–३ निवासी २३ वर्षीया अञ्जली बर्मा, तुलसीपुर–८ का २३ वर्षीय प्रेम बुढा, तुलसीपुर–९ का २९ वर्षीया मोहनराज जोशी, तुलसीपुर–७ की ४८ वर्षीया मनकुमारी ओली, तुलसीपुर–५ की २२ वर्षीया अञ्जली पुन(ओली) र तुलसीपुर–५ का २५ वर्षीया प्रकाश ओलीको नाम, ठेगाना पहिचान भएको छ।  उक्त दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो । घाइते १७ जनाको शिक्षण अस्पताल कोहलपुरमा उपचार चलिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द