२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी प्रशासनद्धारा एक ट्रक अखाद्य पदार्थ बरामद

२४ आश्विन २०७५, बुधबार १३:३६

प्रेम सुनार | असोज २४, बुटवल । गुल्मी जिल्ला प्रशासन कार्यालयले जिल्ला  १ सय ६९ किराना पसलहरु छापा मारी झण्डै एक ट्रक अखाद्य बस्तु बरामद गरी बुधवार नष्ट गरेको छ । रिडी, बलेक्सार, श्रृंगा, लुम्छा, बिरवास, गौडाकोट देखि सदरमुकाम तम्घाससम्म गत दिन दिनको अन्तरालमा छापा मार्ने क्रममा ३ लाख ५० हजार मुल्य बराबरको एक ट्रक अखाद्य वस्तु वरामद गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जानकारी दिए ।

जनप्रतिनिधी ,  नागरिक समाज , गुल्मी उद्योग बाणिज्य संघ , सुरक्षा निकाय अन्य कार्यालय प्रमुखहरुको रोहवरमा पत्रकार सम्मेलन गरी पौड्यालले लामो समय देखि प्रशासनको उपस्थिती नदेखिएको मौका छोपी बजारमा डेट स्पायर अखाद्य  वस्तु बेच विखन भई रहेको सुराकीका आधरमा केन्द्रबाट विज्ञहरु बोलाई छापा मारिएको बताए ।

कतिपय पसलहरुले बिल  प्रयोग नगर्ने गरेको, पसल दर्ता नगरी चलाएको, पसल सञ्चालनको निम्नतम मापदण्ड पालना नगरेको लगायतका ५० वटा पसलहरुलाई स्पष्टिकरणका लागि पत्र पठाईएको समेत उनले जानकारी दिए । अखाद्य   वस्तु  मध्ये सबै भन्दा बढि पेय पदार्थ रहेको छ । अन्य अखद्य पदार्थमा तेल , दाल ,  बिष्कुट , गुड्खा लगायत रहेका छन ।


चरम मनपरी बलेटक्सारमा

प्रशासनले बलेटक्सारको  कपिल स्र्टोसले सबै भन्दा बढि कम्जोरी गर्दै आएको जनाएको छ ।  कपिल श्रेष्ठले सञ्चालन गरेको उक्त स्टोरमा ठुलो परिणाममा  डेट स्पायर पेय पदार्ध बिक्रि वितरण भई रहेको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए ।

एक दिन अघि मात्र एक लाख मुल्य बराबरको  अखाद्य पेय पदार्थ उनले बेच बिखन गरेर  अन्य खुद्रा पसले र उपभोक्तालाई ठगेको पाईयो उनले भने अहिले पनि १२ सय भन्दा बढि बोत्तलमा रहेका पेय पदार्थहरु अखाद्य छन र हामीले निगरानीमा लिएका छौं ।

उनले यो सुरुवात मात्रै भएको र आगमी दिनमा अनुमनलाई  थप तिब्रता दिई आन्दोलनका रुपमा अगाडी बढिने बताए । उनले कार्यभार सम्हाले लगत्तै जिल्लामा बर्षऔ अघि देखि अवैध रुपमा सञ्चालनमा आएका चार वटा क्लिनीकहरु बन्द गराई दिएका छन ।

औषधी बेच्नका लागि  फर्मेसी र मेडिकल सञ्चालन गर्दै आएका ति व्यवसायीहरुले डाक्टर राखेर क्लिनिक समेत सञ्चालन गर्दै आई रहेका थिए । त्यस्तै हरेक शनिवारका दिन बिशेषज्ञ डाक्टर आउने भन्दै सोझा साझीबाट व्रम्हालुट गरिदै आएको कमाउ धन्दामा पनि उनले रोक लगाएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य