पढ्न करिब 2 मिनेट लाग्छ

प्रेम सुनार | असोज २४, बुटवल । गुल्मी जिल्ला प्रशासन कार्यालयले जिल्ला १ सय ६९ किराना पसलहरु छापा मारी झण्डै एक ट्रक अखाद्य बस्तु बरामद गरी बुधवार नष्ट गरेको छ । रिडी, बलेक्सार, श्रृंगा, लुम्छा, बिरवास, गौडाकोट देखि सदरमुकाम तम्घाससम्म गत दिन दिनको अन्तरालमा छापा मार्ने क्रममा ३ लाख ५० हजार मुल्य बराबरको एक ट्रक अखाद्य वस्तु वरामद गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जानकारी दिए ।

जनप्रतिनिधी , नागरिक समाज , गुल्मी उद्योग बाणिज्य संघ , सुरक्षा निकाय अन्य कार्यालय प्रमुखहरुको रोहवरमा पत्रकार सम्मेलन गरी पौड्यालले लामो समय देखि प्रशासनको उपस्थिती नदेखिएको मौका छोपी बजारमा डेट स्पायर अखाद्य वस्तु बेच विखन भई रहेको सुराकीका आधरमा केन्द्रबाट विज्ञहरु बोलाई छापा मारिएको बताए ।

कतिपय पसलहरुले बिल प्रयोग नगर्ने गरेको, पसल दर्ता नगरी चलाएको, पसल सञ्चालनको निम्नतम मापदण्ड पालना नगरेको लगायतका ५० वटा पसलहरुलाई स्पष्टिकरणका लागि पत्र पठाईएको समेत उनले जानकारी दिए । अखाद्य वस्तु मध्ये सबै भन्दा बढि पेय पदार्थ रहेको छ । अन्य अखद्य पदार्थमा तेल , दाल , बिष्कुट , गुड्खा लगायत रहेका छन ।

चरम मनपरी बलेटक्सारमा

प्रशासनले बलेटक्सारको कपिल स्र्टोसले सबै भन्दा बढि कम्जोरी गर्दै आएको जनाएको छ । कपिल श्रेष्ठले सञ्चालन गरेको उक्त स्टोरमा ठुलो परिणाममा डेट स्पायर पेय पदार्ध बिक्रि वितरण भई रहेको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए ।

एक दिन अघि मात्र एक लाख मुल्य बराबरको अखाद्य पेय पदार्थ उनले बेच बिखन गरेर अन्य खुद्रा पसले र उपभोक्तालाई ठगेको पाईयो उनले भने अहिले पनि १२ सय भन्दा बढि बोत्तलमा रहेका पेय पदार्थहरु अखाद्य छन र हामीले निगरानीमा लिएका छौं ।

उनले यो सुरुवात मात्रै भएको र आगमी दिनमा अनुमनलाई थप तिब्रता दिई आन्दोलनका रुपमा अगाडी बढिने बताए । उनले कार्यभार सम्हाले लगत्तै जिल्लामा बर्षऔ अघि देखि अवैध रुपमा सञ्चालनमा आएका चार वटा क्लिनीकहरु बन्द गराई दिएका छन ।

औषधी बेच्नका लागि फर्मेसी र मेडिकल सञ्चालन गर्दै आएका ति व्यवसायीहरुले डाक्टर राखेर क्लिनिक समेत सञ्चालन गर्दै आई रहेका थिए । त्यस्तै हरेक शनिवारका दिन बिशेषज्ञ डाक्टर आउने भन्दै सोझा साझीबाट व्रम्हालुट गरिदै आएको कमाउ धन्दामा पनि उनले रोक लगाएका छन ।