२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा ९१ जनालाई गाउँ ब्लकको पूर्जा वितरण

२७ आश्विन २०७५, शनिबार ०९:२६

असोज २७, बुटवल (रासस) | ४८ वर्षपछि रुपन्देहीको बुटवल उपमहानगरपालिका–१९ स्थित भुडकैयामा ४९ जनालाई जग्गाधनी प्रमाणपत्र आज वितरण भएको छ । बुटवल उपमहानगरपालिका र नापी कार्यालय भैरहवा रुपन्देहीले संयुक्त रूपमा उनीहरूलाई साविक मोतिपुर–२ (ख)को कित्ता नं १२३ गाँउ ब्लकको जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो । 

बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले १०२ वर्षीया लक्ष्मीदेवी आर्चायलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्दै जग्गासम्बन्धी समस्या समाधान गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै सेवा प्रवाहमा समस्या आउँदा राज्य र नागरिकबीच दूरी वढ्न सक्ने शङ्का व्यक्त गर्नुभयो । 

नापी कार्यालय भैरहवाका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले प्रशासनिक झमेलाका कारण जग्गाको पूर्जा वितरणमा ढिलाइ भएको उल्लेख गर्दै १२० दिनपछि मात्रै जग्गाको नामसारी वा बेचविखन गर्न पाइने जानकारी दिनुभयो । 

स्थानीय समाजसेवी चन्द्रसिंह थापाले घर बनाएर बसे पनि अपनत्व नहुँदा घर र जग्गामा अधिकार नभएको तर प्रमाणपत्र वितरणपछि अधिकार आफूहरूमा आएको बताउनुभयो । उक्त क्षेत्रमा ३ बिघा १४ कठ्ठा जग्गाको प्रमाणपत्र वितरण भएको थियो । 

विसं २०२७ मा नाप नक्सा हुँदा घना बस्ती भएकाले छुट भएको कित्तालाई एउटा ब्लकमा राखिएकाले त्यसलाई गाँउ ब्लक भनेको बताइएको छ । त्यस्तै ओमसतिया गाउँपालिकाको पडसरी र शुद्धोद्धन गाउँपालिकाको भुजौलीमा पनि गाउँ ब्लक जग्गाको प्रमाणपत्र वितरण भएको छ । 

पडसरी–५ को २८० नं कित्तामा १ बिघा १३ कठ्ठा २७ जनालाई र भुजौलीको ४४५ कित्ता नं ७ (ग) को १५ कठ्ठा १५ जनालाई वितरण भएको नापी कार्यालय, भैरहवाले जनाएको छ । यस्तै गङ्गोलियामामा २३७, २५९ कित्ता नं को गाउँ ब्लक जग्गा पनि वितरण हुँदैछ । यसअघि तिलोत्तमा नगरपालिकामा पनि ११२ जनालाई गाउँ ब्लकको प्रमाणपत्र वितरण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा