Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ असोज २८ गते, दिउँसो १:५४ बजे रुपन्देही - RPD, समाज

बुटवलको दशै बजारले यातायात जाम

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार असोज–२८, बुटवल । दशै भित्रिए लगत्तै बुटवलका भित्रि बजारहरुमा किन मेल गर्ने मानिसहरुको भिडका कारण साना यातायातका साधानहरु जममा पर्ने गरेका छन । किनमेल गर्न आउनेहरुले बढि मात्रमा अटो रिक्सा प्रयोग गर्ने गरेकोले पनि जाममा पर्ने गरिएको हो । अटो रिक्सा पार्किका लागि बजार भन्दा निश्चित स्थानमा ब्यवस्था नहुँदा बुटवलको हाट बजार लाईन , दशै बजार रहेको बालमन्दिर लाईन अस्तब्यस्त हुँदै आएको छ । त्यस्तै राममन्दिर लाईन लगायतका भित्रि बजारमा पैदल यात्रा समेत  गर्न मुस्किल परिरहेको छ ।

मानिसहरुको बढि मात्रमा भिड फेन्सी पसलमा कपडा किन्नेहरुको देखिन्छ ।  हाड बजार लाईनमा मर–मसला लगायतको किराना सामान र खशी बोका किन्नेहरुको अपार  भिड हुँदै आएको छ ।  किन मेलका लागि रुपन्देही , अर्घाखाँची , पाल्पा , गुल्मी र बाग्लुङ्ग जिल्लाका मानिसहरु बढि देखिन्छन । किनेमेल गर्नेहरुमा बढि मात्रमा महिलाहरु देखिए ।

रुपन्देही ब्यापार संघका बरिष्ठ उपाध्यक्ष यमलाल लोहनी भन्छन–‘अब्यवस्थित बजारका कारण आवत जावतमा निकै समस्या आएको छ । बुटवल उद्योग बाणिज्य संघ र ट्राफिक प्रहरी कार्यालयको समन्व्यमा पार्किङ्ग ब्यबस्थान नहुँदा यस्तो समस्या आएको हो ।’  बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमाललाई ध्यानकृष्ट गराउँदा आफुहरुले यसबारे नगरपालिका र ट्राफिक प्रहरीलाई बारम्वार घचघचाउँदै आएको बताए ।

उनले भने–‘हिजो हाड बजारको दिन भएकोले अत्यन्तै अस्तब्यस्तता थियो । दशै बजार बालमन्दिर भित्र पनि त्यस्तै छ । के गर्ने यहाँको समस्या यस्तै हुँदै आई रहेको छ । ’ यस सम्बन्धमा रुपन्देही ट्राफिक प्रहरी प्रमुख एसपी गणेश चन्दको ध्यानकृष्ट गराउँदा उनले तत्काल मातहतको ट्राफिक प्रहरीलाई निर्देशन दिई त्यस्तो समस्या समधान गर्ने बताए ।