२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा रुख कटान शुरु

६ कार्तिक २०७५, मंगलवार १०:३२

कात्तिक ६, खजुरा | बाँके जिल्लाको कोहलपुर–धामपुर ३३ केभिए प्रसारण लाइनमा पर्ने वन क्षेत्रका रुख कटान सोमबारदेखि शुरु भएको छ । राप्ती पीडित सामुदायिक वनको टाँचा नं १३५ रुखलाई सङ्घीय सांसद महेश्वर गहतराज र प्रदेशसभा सदस्य कृष्णा केसीले आरा चलाएर रुख काट्न शुरु गर्नुभएको थियो । 

राप्तीपारि क्षेत्र बघौडामा विद्युत् पुर्याउने उद्देश्यले राप्तीसोनारी गाउँपालिकाको धामपुरमा विद्युत्को सबस्टेशन निर्माण गरिए पनि कोहलपुरदेखि धामपुरसम्म विद्युत्को लाइन विस्तारका लागि वन क्षेत्रले अवरोध पुर्याउँदै आएको थियो । 

नरैनापुर गाउँपालिकाका छ वटै वडा र राप्तीसोनारी गाउँपालिकाका केही वडामा विद्युतीकरणका लागि सबस्टेशन धामपुरसम्म ४५ मध्ये ५.३ किलोमिटर वन क्षेत्र पर्ने भएकाले अवरोध हुँदै आएको थियो । 

कोहलपुर–धामपुर ३३ केभिए प्रसारण लाइनका लागि कोहलपुरबाट सबस्टेशन धामपुरसम्म लैजाने बाटामा राप्ती पीडित सामुदायिक वन र समय भवानी समाुदायिक वनको २.२ हेक्टर वन क्षेत्रमा भएका सबै बाधाअड्काउ फुकुवा गरी ५ दशमलव ३ किमी रहेका २१४ रुख काट्न स्वीकृतिसँगै टाँचा लगाई रुख काट्न शुरु गरेपछि २०७५ चैतसम्म सो क्षेत्रमा विद्युतीकरण हुने भएको हो । 

बघौडा क्षेत्रमा विद्युतीकरणका लागि भएको लामो समयदेखिको प्रयासले मूर्तरूप पाएको र आउँदो चैतसम्ममा जुनसुकै अवस्थामा पनि बघौडा क्षेत्र विद्युतीकरण भएरै छाड्ने सांसद गहतराजले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा