Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्कुटर र जीप ठोक्किदा श्रीमतिको मृत्यु, श्रीमान गम्भीर घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ६, स्याङ्जा | स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङमा पिक अप र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मालिका गाउँपालिका–१ की २२ वर्षीया रुपमा पुन रहेकी छन् भने २७ वर्षीय महेश पुन गम्भीर घाइते भएका छन् ।

कालीगण्डकी गाउँपालिकाको बिर्घाबाट गुल्मीतर्फ फर्किदै गर्दा विपरीत दिशाबाट आउदै गरेको लु १ च ७२५६ को जीपसँग लु ३७ प ३०९० को स्कुटर अनियन्त्रित भई सडकमा ठोक्एिर जीपमा पुनः ठोक्किँदा दुर्घट्ना भएको हो। मृतक र घाइते नवविवाहित दम्पत्ती हुन्।

रुपमाको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख शंकर प्रसाद आचार्यले जानकारी दिए। घाइते पुनको पनि प्रवासमा पाल्पामा उपचारत छन्। जीप चालक रुपन्देही सिद्दार्थनगर नगरपालिकाका एकरार पठान वडा प्रहरी कार्यालय वालिङको नियन्त्रणमा छन्।