Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नगरप्रमुख राणाद्वारा तलब, भत्ता सामाजिक संस्थालाई

By साझासवाल 2 मिनेट पढाइ

<p><b>कात्तिक ८, नेपालगञ्ज (रासस)</b> | नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले आफूले पाउने तलबभत्ता सामाजिक कार्यका लागि प्रदान गर्नुभएको छ ।&nbsp;<br></p><p><img src="http://sajhasabal.com/uploads/posts/d74054ce39f486621a5e6441eacb43451540446657.png" style="width: 311px; float: left;">उहाँले असोज महीनाको आफ्नो तलब, भत्ता रु ५० हजार नेपालगञ्ज–२ खानेपानी ट्याङ्की नजिकै रहेको बाल्मिकी समाज तथा मन्दिरलाई सहयोग गर्नुभएको हो । प्रमुख राणाले महर्षी बाल्मिकी जयन्तीका अवसरमा आज बाल्मिकी समाजका अध्यक्ष रामचन्द्र बाल्मिकीलाई सो रकम हस्तान्तरण गर्नुभयो ।&nbsp;</p><p>त्यस अवसरमा प्रमुख राणाले आप्mनो कार्यकालभरि पाउने तलब, भत्ता आवश्यकताका आधारमा सामाजिक संस्थालाई दिने बताउनुभयो । स्थानीय निकायको निर्वाचनमा प्रमुख राणाले आफ्नो तलब, भत्ता सामाजिक सेवामा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।&nbsp;</p>