२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा शङ्कास्पद रोगबाट दुई बालकको मृत्यु

१० कार्तिक २०७५, शनिबार ०८:१५

कात्तिक १०, राजविराज | सप्तरीको कञ्चनरुप नगरपालिकामा शङ्कास्पद रोगबाट दुई बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ का ६ वर्षीया कृष्णजङ्ग कटुवाल र वडा नं ५ का १३ वर्षीय कृष्ण सदा रहेको स्थानीयवासी राजकुमार पासवनले जानकारी दिनुभयो । 

कटुवालको कात्तिक ६ गते र सदाको कात्तिक ७ गते मृत्यु भएको परिवारजनले जनाएका छन् । मृतक दुबै बालकलाई ज्वरो आउने, वान्ता हुने र टाउको दुख्ने भएपछि मृत्यु भएको पासवानले बताउनुभयो । 

यता थप घटना हुन नदिन कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्र, प्रशासकिय अधिकृत सविनराज ढकालले प्रदेश नं २ का सामाजिक विकास मन्त्रालय, महामारी तथा सरुवारोग नियन्त्रण महाशाखा टेकु र जिल्ला जनस्वास्थ्य कार्यालय राजविराजलाई मृत्युबारे आवश्यक अनुसन्धान गरी थप घटना हुन नदिन व्यवस्था मिलाउन सहयोगका लागि अनुरोध गरेका छन् । 

यसअघि दुई महीना अगाडि सो क्षेत्रमा भाइरल ज्वरोका कारण नगरवासी त्रसित भएका थिए । भाइरल ज्वरोकै कारण चार जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता