२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा खानेपानीको समस्या

११ कार्तिक २०७५, आईतवार ०३:५३

कात्तिक ११, राजविराज । सप्तरीको बोदेबरसाइनमा खानेपानीको समस्याले स्थानीय बासिन्दा अशुद्ध पानी पिउन बाध्य भएका छन् । सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिममा पर्ने उक्त ठाउँमा विगत लामो समयदेखि खानेपानीको अभाव भएको छ । 

सो बजार क्षेत्रलगायत आसपासका अधिकांश गाउँघरमा खानेपानीको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट बञ्चित भएको स्थानीय रोशन गोइतले गुनासो गर्नुभयो । 

खानेपानीको उचित व्यवस्था नभएकाले यहाँका करीब ९० प्रतिशत ट्युबेलमा आइरनयुक्त पानी खान बाध्य छन् । जोगिया, बराहा, सारसर, नेङडा, धनगढी, काचन, देउरी, फुलकाही खडकपुर, मानराजा र लागपुरलगायत दर्जनौँ गाउँको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट ती क्षेत्रका बासिन्दा बञ्चित छन् । 

यस्तै जिल्लाको खडक नगरपालिकास्थित कल्यानपुरमा समेत खानेपानीको अभाव भएको छ । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको कल्यानपुरमा खानेपानीको अभाव भएको स्थानीय वीरेन्द्र साहले बताउनुभयो । 

पानीको मुहानसमेत सुक्न थालेपछि खानेपानीको अभाव भएको हो । सो क्षेत्रमा खानेपानीको काम शुरु नभएका कारण पनि त्यहाँका जनता खानेपानीबाट बञ्चित भएको उहाँले बताउनुभयो । 

एक हजार गाँजाको बोट नष्ट 

सप्तरीमा गाँजाखेतीको सङ्ख्यामा वृद्धि भएपछि प्रहरीले गाँजा फडानी गर्ने अभियानलाई निरन्तरता दिएको छ । पछिलो पटक जिल्ला प्रहरी कार्यालय सप्तरी र वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले राजविराज नगरपालिका–१२ मा लगाइएको एक हजार गाँजाको बोट नष्ट गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य