२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

नेपालतर्फ १९ किलोमिटरमा पेट्रोलियम पाइप

१५ कार्तिक २०७५, बिहीबार ०५:२७

वीरेन्द्र कर्ण | कात्तिक १५, वीरगञ्ज | मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाअन्तर्गत हालसम्म नेपालतर्फको १९ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भएको छ । 

परियोजना कार्यालय सिमराका अनुसार नेपालतर्फको ३९ दशमलव २ किलोमिटर भू–भागमध्ये अब १७ दशमलव २ किलोमिटर पाइप ओछ्याउन बाँकी छ । 

तीव्रगतिमा बाँकी काम भइरहेकाले बढीमा तीन महीनाभित्र काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आउने सो कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार अन्य बाधा अवरोध नभए तीन महिनाभित्र नेपालमा पेट्रोलियम पदार्थ आउनेछ । 

बाँकी रहेको भू–भागमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा नौ किलोमिटर, नाला, स–साना पुलपुलेसा, नदी, क्रसिङ सडक, गण्डक क्षेत्रमा पाइपलाइन ओछ्याउन बाँकीे छ भने भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३ दशमलव ७ किमीमध्ये घना बस्ती भएका कारण रक्सौल क्षेत्रमा केही भागमा पाइप ओछ्याउने काम बाँकी छ । 

नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणका लागि भारत सरकारले रु ३५० करोड भारतीय लगानी गरेको बताइएको छ । 

गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरूपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेपछि यसले तीव्रता पाएको हो । 

पथलैयादेखि अमलेखगञ्जसम्म आठ किमी क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज भएर पाइपलाइन जाने भएकाले निकुन्जभित्रका पाँच हजार रुख काट्नुपर्ने देखिन्छ । यसका लागि सङ्घीय सरकारले स्वीकृति दिइसकेकाले वातावरण मूल्याङ्कन प्रभावबारे सूचना समेत प्रकाशित गरिएको छ । 

वन तथा वातावरण मन्त्रालयले वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई स्वीकृति दिएपछि रुख काट्ने अनुमति मन्त्रिपरिषद्ले पारित गरेपछि मात्र रुख काट्ने काम अघि बढ्ने पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख हरिभक्त आचार्यले बताए । 

पाइपलाइन बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्न अमलेखगञ्ज आयल निगमको डिपोमा ३९ सय किलोलिटर क्षमता भएका दुई तथा ४१ सय किलोलिटर क्षमता भएको दुई गरी चार ट्याङ्करको मर्मतसम्भार द्रूतगतिमा भइरहेको छ, जसमध्ये एउटा तयार भइसकेको छ भने तीन ट्याङ्कर बनाउने काम भइरहेको छ । 

तीन महीनाभित्र निर्माण सकी सञ्चालनमा ल्याउने लक्ष्य लिएको सो पाइपलाइन निर्माण सम्पन्नपछि पटनाबाट प्रतिघण्टा २५० लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट भित्रिने छन् । 

जमीनमुनि साढे दुई मिटर तल तथा पौने ११ इन्चको माइल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकोले खिया लाग्दैन ।

यो परियोजना सञ्चालमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नाका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान