कात्तिक १५, काठमाडौं | रौतहट जिल्लाको छुट्टाछुट्टै स्थानमा दुई जना पुरुषको शव बरामद भएको छ।

गौर चन्द्रपुर सडकखण्डको गरुडा नगरपालिका–८ जिंगडिया टोल र माधवनारायण नगरपालिका–६ मा एक–एक गरी दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुर्भुज ओझाका अनुसार गौर चन्द्रपुर सडकखण्डअन्तर्गत जिंगडिया नजीक मूल बाटो छेउको नालामा डुबेको अवस्थामा अन्दाजी ३५ वर्षका पुरुषको शव बिहीबर फेला परेको हो।

माधवनारायण नगरपालिका–६ माधोपुर गाउँ छेउमा जोतेको खेतमा अन्दाजी २५ वर्ष उमेरका एक पुरुषको घोप्टो अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक ओझाले जानकारी दिए।

मृतकको पहिचान खुल्न नसकेको तथा शवपरीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।

स्थानीयवासीका अनुसार माधोपुर गाउँ छेउमा मृत फेला परेका युवकको घाँटीमा नीलडाम देखिएको छ। प्रहरी निरीक्षक ओझाले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र शवपरीक्षणको रिपोर्ट आएपद्धि मृत्युको कारण खुल्ने बताए। रासस

November 1, 2018
रौतहट - RTH, समाज
रौतहटमा शंकास्पद अवस्थामा दुई पुरुषको शव फेला
By kit
3 मिनेट पढाइ