५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

फूलको व्यापार बढ्यो

१९ कार्तिक २०७५, सोमबार ०८:३०

कात्तिक १९, वीरगञ्ज | भारतको कोलकाता घर भई विगत ३० वर्षदेखि वीरगञ्जमा फूलको व्यापार गर्दै आउनुभएका सुदर्शन मानिकले तिहारलाई लक्ष्य गरी १० हजार सयपत्री फूलको माला भारतबाट आयात गर्नुभएको छ । 

कोलकातामा रु ५० मा पाइने सयपत्री फूलको माला स्थानीय बजारमा रु ७० सम्ममा बिक्री हुन्छ । यस व्यवसायबाट आर्थिक लाभ भएपछि अन्य व्यापारी पनि यस व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । भारतबाट फूल आयात गरी व्यापार गर्नेको सङ्ख्या बढ्दै गएको छ । वीरगञ्जमा फूलको व्यापार गर्ने फूटकर व्यापारीको सङ्ख्या पाँच सयको हाराहारीमा छ । 

व्यापारीले कोलकाताबाट फूलका माला रेलमार्ग भएर आयात गर्ने गरेका छन् । अहिले बजारमा भारतबाट आयत गरिएका रङ्गीचङ्गी प्लास्टिकका फूलले समेत बजार पाएको छ । यस्ता कृत्रिम फूल बेच्ने व्यापारीको सङ्ख्या समेत यहाँ अत्यधिक छ । व्यापारीले भाइटिकालाई लक्ष्य गरी काठमाडाँै, पोखरा, नारायणघाट, भैरहवा लगायतका जिल्लामा मखमली फूल बिक्री गर्ने गरेका छन् । 

व्यापारीले तिहार पर्वलाई लक्ष्य गरी चालु आर्थिक वर्षको साउनदेखि कात्तिकको हालसम्ममा भारतबाट रु एक करोड ४० लाख बराबरको दुई लाख ७८ हजार किलो फूल आयात गरेका छन् । वीरगञ्ज भन्सार कार्यालयले फूल आयातबाट रु सात लाख राजश्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु ६३ लाख मूल्य बराबरको दुई लाख ३४ हजार किलो फूल आयात गरिएको थियो भने रु तीन लाख ५० हजार राजश्व सङ्कलन भएको थियो । फूलमा ५ प्रतिशत भन्सार शुल्क लाग्छ । यसैबीच वीरगञ्ज भन्सार भएर व्यापारीले दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी भारतबाट रु चार करोड २० लाखको स्याउ र केरासमेत आयात गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने