२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा ८५ वटा मानवअधिकार उल्लङ्घनका घटना

२८ कार्तिक २०७५, बुधबार ०८:१७

कात्तिक २८, भोजपुर | भोजपुरमा सन् २०१८ को जनवरीदेखि हालसम्म ८५ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरले वार्षिक पूर्वसमीक्षा तथा मानव अधिकार अवस्था विषयको छलफल कार्यक्रममार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

प्रतिवेदनमा एक वर्षभित्र भोजपुरमा पाँच पुरुष, तीन महिला र एक बालिका गरी नौ जनाको हत्या भएको जनाइएको छ । त्यस्तै सात महिला र १२ बालिका गरी १९ जना बलात्कृत भएका छन् भने पाँच महिला र तीन बालिका बलात्कारको प्रयासबाट पीडित भएका छन् । 

त्यसैगरी घरेलु हिंसा १२, कुटपिट ३०, हत्या प्रयास चार, घरेलु हिंसा एक, बहुविवाह दुई र मानव बेचबिखनका एक वटा घटना गरी जिल्लाभर ८५ वटा घटना सङ्कलन गरेको इन्सेक भोजपुरका प्रतिनिधि गणेश विष्टले जानकारी दिनुभयो । 

जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले घटेका घटना र घट्न सक्ने घटनाको न्यूनीकरणका लागि सबैलै एकजुट भएर लाग्नुपर्ने बताए । नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशनपूर्व, सन् २०१८ मा भोजपुरमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन सार्वजनिक गर्दै ‘पुस्तक पूर्वसमीक्षा र जिल्लाको मानव अधिकारको अवस्था’ विषयक छलफल कार्यक्रम गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ