७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

कर्मचारीको जाँड पार्टी हरायो, हिजो चिनेको साथी हरायो

२९ कार्तिक २०७५, बिहीबार ०५:४८

प्रेम सुनार । कार्तिक–२९, बुटवल । कुनै समय जिल्ला सदरमुकाम वरपरीका होटल , रेष्टुरेण्टमा कर्मचारीहरुको भिडभाड र विलासी खान–पिन  संस्कार स्थानिय तहको गठन पछि एकादेशको कथा जस्तै बन्न पुगेको छ । बिशेष गरी साँझ पर्न साथ कर्मचारी र केहि विभिन्न ब्यबसायीहरुको खचाखच भिडले होटल र रेष्टुरेन्ट ब्यवस्यायीहरुले अरु सामन्य खालका ग्राहक समेत भित्र पसेको नरुचाउने र ठाउँ प्याक छ भनेर पठाउने गर्दथे ।

महँङ्गा–महँङ्गा हुकाहरु तान्दै गरेका , ब्राण्डेट वाईन, हुस्की र कसैले वियरको चुस्की लिदै र  अलग अलग मासु आईटमको स्वाद लिदै  गरेका ती कर्मचारीहरु मध्ये ठुलो पद भनेको लेखापाल र सह–लेखापाल सम्म हुन्थे । अरु नासु, खरिदार र ओभर सियरहरु हुन्थे ।  होटल रेष्टुरेन्टहरुमा बढि मात्रमा  विलासी खानपिन तत्कालिन जिल्ला विकास समिति , जिल्ला प्राविधिक कार्यालय , जिल्ला शिक्षा ,  सडक, खानेपानीका कर्मचारीहरु ब्ढि हुन्थे ।

जहाँ आफु निकट पत्रकार, निर्माण ब्यबसायी र केहि उपभोक्ता समितिका पदाधिकारीहरु पनि आमन्त्रित हुन्थे । जुन पार्टीमा  विकासका भन्दा रकम  विनासका बारे छलफल बढि केन्द्रित हुन्थ्यो ।  रकम निकासीका लागि होटलको बन्द कोठामा कसरी किर्ते गर्ने ? भन्ने बारे उपभोक्ता समिति  र विद्यालयका प्रतिनिधी, निर्माण ब्यबसायीहरुलाई त्यसको फर्मेट उपलब्ध गराईन्थ्यो । कमिशनको टुङ्गो पनि त्यसै जाँड पार्टी मै लगाईन्थ्यो ।

प्रदेश ५ का केहि जिल्लाका सदरमुकाममा पुगेर गरिएको स्थलगत अध्यानले उति बेलाका ती विलासी कर्मचारीहरु अहिले टिठ लाग्दो पाईयो । हिजोको ती होटल र रेष्टुरेण्टहरु यति बेला उनिहरुको पहुँच भन्दा धेरै टाढाको कुरा बन्न पुगेको उनिहरु सदरमुकाम मै हुँदा पनि आउन छाड्नुले स्पष्ट हुन्थ्यो ।

एक रेष्टुरेण्ट ब्यबसायीले नाम बताउने सर्तमा उति बेला उनिहरुको हाईफाई जिवन शैलीबारे यसरी वर्णन गर्छन–‘ साँझ बाट बसेका उनिहरु रातको दुई तीन बजे सम्म नाच गान र होहल्ला गरेर बस्थे । उनिहरु त्यसरी  हो हल्ला गर्दा पनि नजिकै पट्रोलिङ्गमा हिडेका प्रहरीले नसुने झै गरेर बाटो लाग्थे । ‘मैयाँहरु’ पनि  वियर र चुरोटले साथ दिन्थे ।

उनिहरुको गिलिल्ल नकचरो हाँसो र ब्यबहारले आफ्ना छोरा छोरीको संस्कार  पनि त्यस्तै बस्ला भन्ने लाग्थ्यो र उनिहरुलाई त्यस हलमा छिर्न दिदैन्थ्यौं । दर्जनौले रातभरी हजारौंको विल हुने गरी खान पिन गर्दथे र अर्को दिन कार्यालयको खाजा खर्चको खातामा विल बनाउन लगाउँथे ।

उनिहरुको खानपिनको विल गाभ्ने क्रममा एक दिन त एउटै कार्यक्रमको खाजा खर्च झण्डै डेढ लाखको बन्न पुगेको थियो । उति बेला हामीले एउटै कार्यालयका कर्मचारीको भरमा रेष्टुरेण्ट चलाउन सकेका थियौं अहिले त भाडा उठाउन पनि हम्मेहम्मे परेको छ । ’

हुन पनि अहिले सदरमुकामका होटल , रेष्टुरेण्ट सुक्दै गएका छन ।  स्थानिय तहको गठन पछि  गुल्मीको  सदरमुकाम तम्घासमा ३० प्रतिशत होटलव ब्यबसायीहरु विस्थापित भई सकेको र  आफ्नै घरमा चलाएका र बेच्न नसकेका बाँकी ७० प्रतिशत होटल विस्थापित उन्मुख रहेको होटल व्यवसायी संघ गुल्मीका  संस्थापक अध्यक्ष युवराज भण्डारी बताउँ छन ।

भन्छन –‘ बाँकी रहेका होटलहरु कहिले बिक्रि गर्न सकिएला भन्ने अबस्थामा छन । आफ्नै घरमा चलाएका र केहि उच्च सुविधा सम्पन्न  होटलहरु चलेकै छन तर साना चिया , खाजा पसल देखि भात सम्म बेच्ने होटलहरु सुकेका छन । हिजो कार्यालयहरु रहेकै कारण चलेका थिए ।  सदरमुकामा साना ठुला गरी २ सय ३५ वटा सम्म होटल थिए । अहिले गाउँबाट मानिसहरुको आवत जावत एकदमै कम छ , जसको असर यहाँका सबैखाले ब्यबसायीहरुलाई परेको छ ।’

हुन पनि  त्यसरी हिजो सामन्य ग्राहकलाई  पस्न बस्न नदिने ती होटल र रेष्टुरेण्टवालाहरुले अहिले तीनै सामान्य ठानिएका ग्राहकहरुलाई हात उठाउँदै र बोलाउँदै भित्र स्वागत गर्न थालेको भेटियो । कसैले त्यो ब्यबसायबाटै टाट पल्टेर गाउँतिर गएको भेटियो ।

यस प्रदेश अन्तर्गत एक जिल्लामा तत्कालिन जिविसमा कर्मचारी रहेका एक जना कर्मचारी भन्छन –‘ ती दिन त सपना जस्तै लाग्न थाल्यो ।  अहिले त विहानमा चिया पिउन पनि गाह्रो हुन थालेको छ ।  हिजोका ती कर्मचारी साथी पनि लाखापाखा लागे । को कहाँ छन भन्ने पनि  लेखाजोखा  छैन । ति साथीहरु नभेटेको पनि धेरै भई सक्यो । अस्याट पो लाग्न थालेको छ ।

उनि सहित हिजोको त्यो  जिविस जिसस बने पछि रहेका केहि  कर्मचारीहरु कुनै संग्राहलयको सुरक्षार्थ खटिएका कर्मचारीहरु झैं हाई काट्दै बसेका थिए । कुनै दिन प्राय प्रत्येक फाँटमा खुट्टा राख्ने ठाउँ नहुने ती कोठाहरु रित्तै देखिन्थे । टेवुल अगाडी कुर्ची घुमेर विपरित दिशामा फर्किएको कुर्ची र टेवुल भुँईमा खसेको पनि कसैलाई मतलव नभए जस्तो देखिन्थ्यो ।

त्यति ठुलो भवन, त्यति धेरै कोठा र त्यति ठुलो संरचना खास भन्नु पर्दा अहिले दुरुपयोग भएको छ । जिल्ला समन्व्य समितिका प्रमुखको कार्यकक्षमा रहेको उनको कुर्चि र आगन्तुकहरु बस्ने सोफाहरुले मानिसहरुको अस्याट मानिरहेको जस्तै  अनुभुत हुन्थ्यो । कार्यालयमा नपुगौं भन्ने लागेर प्रमुख र सदस्यहरु ीनयमित जान  नरुचाएका होईन । तर कति दिन आफुले आफैलाई दिनैभर त्यस कार्यालयमा कुर्ने ?  फिटिक्कै कोही भित्र पस्दैन । केहि काम परे फोन गर्छ , केहि सुझाव सल्ला दिन र समन्व्य गर्ने न हो ?

अरु कार्यकारी अधिकार नभए पछि पट्यार लाग्दो त्यो एक्लो  कुर्चीमा बस्दा बस्दै निदाउनु भन्दा बरु यसो कहिले काँकी अनुगमनमा निस्कीयो खिस्सै खत्तम जस्तो लागेर होला सो कार्यालयमा प्रमुख , उपप्रमुख र सदस्यहरुलाई विरलै मात्र भेट्न सकिन्छ ।

जे होस समन्व्य अधिकारी धेरे जसो समय कार्यालय मै भेटिए । कामै नभए पछि कति कुरुँन र ?  यसो निस्कीन्छन क्वाटर तिर कोही आए खबर गर्न भनेर सहयोगीलाई अह्राउँदै । कि काम दिनु  कि त त्यस्तो संरचना नै नराख्नु जस्तै लाग्छ देशैभर जिल्ला समन्व्यको  यस्तो अवस्था देख्दा ।

भुमिका विहिन महराजहरु हिजो राणशासनमा भाईभारदारहरुलाई गराईन्थ्यो भनिन्छ श्रृंङ्गारिक मानसम्मानका लागि । तर लामो  राजनैतिक आन्दोलन लडेर आएका  र केहि गरे देखाउँ भन्ने जोसा र क्षमताका ती समन्व्य प्रमुख , उपप्रमुखहरुलाई यति बेला केहि गरेर देखाउँ भन्ने  भुमिका चाहिन्थ्यो , सम्मान त्यो पनि यो युगमा चाहिएको थिएन ।

कर्मचारी दिनैभरी बाहिर घाम तापेर समय गुजार्नु पर्ने अबस्था छ ।  उनिहरुलाई पनि केहि काम दिनु पर्दथ्यो । कामै दिईन्न भने किन राख्ने त्यो संरचना ? हिजो जिविसको सेकेण्डमेनका रुपमा रहेका योजना अधिकृतहरु अहिले गाउँपालिकाको कर्मचारी बन्न पुगेका छन ।

अहिलेको समन्व्यमा समन्व्य अधिकारी भएर बस्नु भन्दा उनिहरुलाई स्थानिय कै कार्यकारी जिम्मेवारी ठिक लागेको छ । उनकै  तहका हिजो जिल्ला चलाउने अन्य कर्मचारीहरु पनि विभिन्न स्थानिय तहमा छरिएका छन । पुराना र वरिष्ठ ती कर्मचारीहरु स्थानियतहमा  हिजो आफैले कखरा सिकाएका भाईहरुको मातहतमा काम गर्न पाउँदा नयाँ जोसहरुको अनुभव प्राप्त गर्न पाएका छन ।

लोकसेवा पास गरेर प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी लिएर आएका युवाहरुको काम गर्ने शैली हिजोका ती बरिष्ठहरुको भन्दा निकै फरक छ । संघियता र गणतन्त्रको भाव अनुसार काम गर्ने जोश उनिहरुमा पाईएको छ । यो देशको घुस कमिशन विरुद्ध हिजो युद्ध र आन्दोलनमा समेत होमिएका ती प्रमुख प्रशासकिय अधिकृत , योजना  अधिकृत , लोखापाल लगायतका युवा कर्मचारीहरुले सायद बिर्सदैनन होला  हिजो आफुले घुस कमिशन विरुद्धको आन्दोलनमा टाउँको फुटाएको ।

गुल्मी ,अर्घाखाँची पाल्पा , प्युठान होस  वा यस प्रदेशका अन्य जिल्लामा होस लोकसेवा पास गरेर आएका नयाँ  कर्मचारीहरु हिजोका कर्मचारीहरुको त्यो संस्कार र विलासी जिवन सिको गर्न पक्कै थाल्ने  छैनन भन्ने अपेक्षा सबैले गरेका छन ।  हिजोको केन्द्रिकृत शासन प्राणालीमा सदरमुकामका कार्यालय सहयोगी समेत आफुलाई बडाहाकिम  जस्तै ठान्ने गर्दथे ।

संघियाताले केन्द्रिकृत संस्कारका ती कर्मचारीहरुलाई विकेन्द्रिकरण गर्नै पर्दथ्यो र गरेको छ ।  अहिले संघियता धेरै टिक्दैन  भन्दै जनमानसमा भ्रम छर्नेहरु तीनै पक्ति मध्येका बढि देखिन्छन । राज्यकोषमा आफै भान्से भएकाहरुलाई अहिले अरुले लगाई दिएको भाग खानु पर्दा भित्र भित्रै जलन  हुनु पनि स्वभाविक होला ।

स्थनिय तहमा पुगेर बुझ्दा त्यस वरपरका होटल , रेष्टुरेण्टमा हिजो सदरमुकाममा जस्तो विलासी खनपिन खासै देखिएन । पुराना र नयाँ कर्मचारीको घुलमिलले  मान्छेलाई बाघको डर , बाघलाई मान्छेको डर भने झै  उनिहरु विच अहिले उमेर समुह  र संस्कार मिलेको छैन  । नयाँलाई पुरानाको डर छ भने पुरानालाई नयाँको डर छ ।

हिजो सदरमुकाममा हेउपेउ भएका अझ भनौ एउटै थालमा खाएका  कर्मचारी एउटै स्थानिय तहमा संगै पुगेको भए उनिहरुको बसाई  हिजो कै  स्तरमा नभए पनि समान्य स्तरमा भएकै छ ।  तर अधिकांस नयाँ कर्मचारीहरु धुम्रपान र मदिरा सेवन नगर्ने पाईएको छ । पुराना कर्मचारीहरु पनि सबै त्यस्ता थिएनन र छैनन । ती मध्ये जनतालाई उचित सेवा दिउँ , राज्यकोषको दुरुपयोग नगरौ भन्ने मानसिकताका  छन ।

त्यस्ता कर्मचारीहरुले पनि अहिलेको स्थानिय तहमा उचित जिम्मेवारी पाएका छन । हिजो  गुल्मीमा जिल्ला मालपोतको हाकिम रहेका रामचन्द्र अर्याल  पाल्पाको एक स्थानिय तहमा कर्मचारीको नेतृत्व सम्हालेको देखियो ।  यसरी हिजो जिल्ला हाँकेका कर्मचारीहरु अहिले तितर वितर हुँदै हिजोको साथीत्व गुमाएका छन ।  यसरी न रातमा जाँड पार्टी न हिजोको साथी भाई रहेको बेला नयाँ संस्कारको विकास हुन सक्छ र हुनु पर्छ  । नागरिकले गरेको अपेक्षा पनि यहि हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने