पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर ६, भक्तपुर | भक्तपुरको सूर्यविनायक नगरपालिका–२ रेडक्रस भवन नजिक टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।

बा. ४ ख ८१८२ नं. को टिपरमा बा. ९९ प ८२८२ नं. को मोटरसाइकल बुधबार राति ८:३० बजे ठोक्किँदा मोटरसाइकल पछाडि सवार महोत्तरी बर्दिवासका २४ वर्षीय मनोज मगरको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट घाइते मगरलाई उपचारका लागि बी एन्ड बी अस्पताल, ललितपुर लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलका चालक २३ वर्षीय राज पोख्रेल सामान्य घाइते भएका छन् ।

टिपर चालक काभ्रे रोशी गाउँपालिका–१२ का अनिल तामाङलाई टिपरसहित प्रहरीले नियन्त्रणमा लिएको छ । तामाङलाई अहिले महानगरीय प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।