2026-08-25 08:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

बसपार्कको लगानी बालुवामा पानी

मङ्सिर ८, भोजपुर | निर्माणाधीन भोजपुर बसपार्क अलपत्र बन्दा लाखाँैको लगानी बालुवामा पानी जस्तै भएको छ । पाँच वर्ष अगाडि भोजपुर सदरमुकाम नजिकै निर्माण थालिएको उक्त बसपार्क अलपत्र बनेको हो । भोजपुर नगरपालिका–७ मा निर्माण थालिएको बसपार्कलाई निरन्तरता नदिँइदा सम्याएको ठाउँ पनि पानीले छियाछिया बनाएको छ भने ठाउँठाउँमा लगाएको पर्खालसमेत भत्किएका छन् । त्यस्तै शौचालय तथा अन्य संरचना पनि जीर्ण बनेका छन् । अहिले निर्माणस्थल झाडीमा परिणत भएको छ भने थोरै रहेको खाली ठाउँमा पनि सामग्री भण्डार गर्ने स्थल बनेको छ तर स्थानीय तहका जनप्रतिनिधि भने निर्माण कार्यलाई कस्ले निरन्तरण दिने भन्ने विषयमा अलमलमा रहेको बताउँछन् । 

वडा नं ७ का अध्यक्षले भन्नुभयो, “यो निर्माणमा करीब रु ४० लाख खर्च भइसकेको छ तर स्थानीय तह कार्यान्वनमा आएपछि स्थानीय सरकार वा कस्ले काम गर्ने भन्ने अन्योल छ ।” शुरुमा कोदार भौतिक पूर्वाधार समितिले निर्माणको जिम्मा लिएर रु २० लाख खर्च गरेको र अर्को पटक आरएनआर निर्माण सेवा प्रालिले पनि रु २० लाख लिएर काम गरेर छोडेको उहाँले जानकारी दिनुभयो । स्थानीय तहले तगत वर्ष केही रकम विनियोजन गरे पनि यस वर्ष भने रकम रकम विनियोजन नगरेको वडाध्यक्ष तामाङले बताउनुभयो । 

करीब पाँच रोपनी जमीनमा निर्माण थालिएको बसपार्कमा शुरुमा सुरक्षा नभएको तथा अपायक परेको भन्दै व्यवसायीले बस लगेका थिएनन् । त्यसपछि लामो समयसम्म निर्माण कार्यमा चासो नदिइँदा समस्या भएको हो । बसपार्क विविध कारणले अन्यत्र सार्नुपर्ने बाध्यता रहेको भनाइ बस व्यवसायीको थियो । 

यातयात इञ्चार्ज महेश राईले भन्नुभयो, “हामीले शुरुमा सुरक्षाका कारण बस नलगेका हौँ तर अहिले जीर्ण बसपार्कलाई स्तरोन्नति गरेर सुरक्षाको प्रत्याभूति दिए हामी बस लैजान तयार छौँ ।” बसपार्क निर्माणमा ढिलाइ हुँदा यातयात व्यवस्थापनमा समस्या हुने गरेको व्यवसायीको गुनासो थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन