२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

कृत्रीम गर्भाधान असफल

२०७५, ८ मंसिर शनिबार १०:०१

मङ्सिर ८, खस्यौली | गाई तथा भैँसीमा गरिने कृत्रिम गर्भाधान बुटवलका केही कृषकका गाई तथा भँैसीमा असफल देखिएको छ । 

गाईभँैसीको रु ४५० शुल्क तिरेर कृत्रिम गर्भाधान गराएका कृषक असफल देखिएपछि कृत्रिम गर्भाधानका लागि आवश्यक सिमेन निःशुल्क हुनुपर्ने माग गरेका छन् । बुटवल उपमहानगरपालिका– १६ का गोपाल पौडेलले ५५ प्रतिशत कृत्रिम गर्भाधान असफल भएको र महङगो शुल्क तिरेर कृित्रम गर्भाधान गर्दा पनि सफल नभएपछि कृषक मारमा परेको बताउनुभयो । 

उहाँले यस बाहेक गाई तथा भैँसीमा देखिने थुनेलो लगायतका रोगले समेत कृषक मारमा परेको उल्लेख गर्दै सरकारले दिएको अनुदान वास्तविक कृषकले नपाएको गुनासो गर्नुभयो । पशु चिकित्सक झविन्द्र बञ्जाडेले प्राविधिकको कमी, पशु पोषण आहारको कमी र कृषकमा चेतनाको अभावले कृत्रिम गर्भाधान असफल भएको बताउनुभयो । 

उपमहानगरपालिकामा गतवर्ष एक हजार ५०० गाईभैँसीमा कृत्रिम गर्भाधान गरिएको थियो । यसवर्ष एक हजार ७०० मा कृत्रिम गर्भाधान गर्ने लक्ष्य लिइएकोमा ७०० गाई तथा भैँसीमा गर्भाधान भइसकेको छ । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उत्पादनमा आधारित भएर अनुदान दिने नीति अघि सारिएको जानकारी दिँदै पूर्व तयारी गरेर मात्रै व्यवसाय शुरु गर्न सुझाव दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल