2026-09-13 01:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

बस दुर्घटनाका मृतक पाँचै जनाको सामूहिक दाहसंस्कार

मङ्सिर ९, राजविराज (रासस) | तीर्थयात्री बोकेको एक बस दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको शनिबार साँझ सामूहिक रूपमा दाहसंस्कार गरिएको छ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाएर डाक्नेश्वरी नगरपालिका–४ स्थित खडक नदी किनारमा ल्याएर सामूहिक दाहसंस्कार गरिएको स्थानीयवासी वीरेन्द्र साहले बताउनुभयो । 

को१ख २७९९ नं को बस दुर्घटनामा उक्त नगरपालिका ७० वर्षीया वेचनीदेवी यादव, ६० वर्षीया सकिलदेवी साह, ५५ वर्षीय दिनेश रजक, ५० वर्षीया बौकीदेवी रजक र ६० वर्षीया भुखनीदेवी यादवको मृत्यु भएको थियो । 

सुनसरीको वराह क्षेत्रको दर्शन पछि यात्रु लिएर आएको सो बस भारदह–राजविराज सडकअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वास्थित पोखरीमा शुक्रबार राति अनियन्त्रित भई खसेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले