<p>मङ्सिर १४, राजविराज | राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गए राति एक महिलाको मृत्यु भएको छ । <br></p><p>राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नंको म्याजिक बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र उहाँको साथमा रहेकी १४ महीनाकी छोरी प्रबती कुमारीलाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए । </p><p>ठक्करबाट गम्भीर घाइते प्रमिलाको रुपनीस्थित युनिक अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका साथै चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । </p>
November 30, 2018
सप्तरी - SPT, समाज
दुर्घटनामा आमाको मृत्यु, १४ महीनाकी छोरी घाइते
By kit
2 मिनेट पढाइ










