२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण

२० मंसिर २०७५, बिहीबार ०८:५२

मङ्सिर २०, वामी | गुल्मीको मुसिकोट नगरपालिकाले कृषकका लागि ५० प्रतिशत अनुदानमा आधुनिक हाते ट्र्याक्टर वितरण गरेको छ । 

नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषक व्यक्ति र कृषक समूहलाई खेतबारी जोत्नका लागि आधुनिक नौ वटा हाते ट्र्याक्टर वितरण गरेको हो । बुधबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी प्रत्येक वडाका एक÷एक जनालाई हाते ट्र्याक्टर वितरण गरिएको नगरपालिकाका अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो । 

वडा कार्यालयमा आएका निवेदनअनुसार व्यक्ति तथा समूहलाई वडाको सिफारिशअनुसारलाई ट्र्याक्टर वितरण गरिएको अधिकृत भण्डारीले बताउनुभयो । उहाँका अनुसार बोलपत्र प्रक्रियाबाट रु ७५ हजारमा खरीद गरिएका ट्र्याक्टरलाई रु ३७ हजार ५०० नगरपालिकाको अनुदान सहयोग तथा रु ३७ हजार ५०० स्वयं कृषक वा समूह आफ्नै लगानीमा हाते ट्र्याक्टर पाएका हुन् । कृषकलाई खनजोतमा सहज होस र उत्पादन वृद्धि गरी समृद्ध मुसिकोट निर्माणमा कार्यक्रम फलदायी हुने अधिकृत भण्डारीले बताउनुभयो । 

महोत्सवमा आर्थिक सहयोग थपिँदै झण्डै रु एक करोड सङ्कलन 

बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवमा दैनिकरुपमा आर्थिक सहयोग रकम थपिँदै गइरहेको छ । महोत्सवको पाँचाँै दिन अर्थात् बुधबारसम्म नगद चन्दा प्रतिबद्धता, धान सुनलगायतबाट गरी कूल रु ९८ लाख बराबरको आर्थिक सहयोग जुटेको निसीभुजी जनता क्याम्पस ढोरपाटन बुर्तिवाङका क्याम्पस प्रमुख कृष्णकान्त आर्चायले बताउनुभयो । 

पश्चिम बागलुङकै एकमात्र क्याम्पस निसीभुजीलाई सुविधा सम्पन्न क्याम्पस बनाउन शैक्षिक तथा धार्मिकोत्सवको आयोजना गरिएको हो । महोत्सव मङ्सिर २२ गतेसम्म सञ्चालन हुने क्याम्पस प्रमुख आर्चायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य