२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा आपराधिक घटनामा बालक नै बढी संलग्न

२०७५, २५ मंसिर मंगलवार ०७:३२

मङ्सिर २५, गाईघाट | उदयपुरमा वर्षेनी हुने विभिन्न आपराधिक क्रियाकलाप, बलात्कार, यौनहिंसा र चोरी जस्ता कार्यमा सबैभन्दा बढी १५ वर्ष मुनिका बालकनै संलग्न हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कअनुसार चार महीना यतादेखि भएका जिल्लाका विभिन्न आपराधिक घटनामा अधिकांशमा बालक नै संलग्न हुने गरेको दखिएको छ । 

जिल्लामा भएका चार महीनाभित्रका बालिका बलात्कार झण्डै सात घटना तथा यौन दुव्र्यवहारका अधिकांश घटनामा १५ वर्षसम्मका बालकको संलग्नता रहेको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताउनुभयो । यता इन्सेक उदयपुरका अनुसार चार महीनाभित्र जिल्लामा २२ बालिका बलात्कृत भएको र यसमा १५ वर्षसम्म बालकको संलग्नता धेरै रहेको छ । 

इन्सेक उदयपुरका संयोजक भरत थापाका अनुसार बलात्कारको घटनामा पहिले १७ वर्ष भन्दा माथिका किशोर बढी संलग्न हुने गरे पनि अहिले १५ वर्ष मुनिका बालकको धेरै संलग्नता देखिन्छ । यस अघिका वर्षमा जिल्ला लागुऔषध दुव्र्यसन र प्रयोगकर्तामा पनि बढी किशोर संलग्न हुने गरेको तर अहिले १५ वर्ष मुनिका बालक धेरै संलग्न हुने र दुव्र्यसनमा फस्ने गरेको प्रहरी प्रमुख राईले जानकारी दिनुभयो । 

बालबालिका अपराध तथा लागुऔषध दुव्र्यसनमा फस्दै जानु भनेको अभिभावकले आफ्ना बालबालिकाको उचित रेखदेख र हेरचाह नगरी लापवाही गर्नाले नै अहिले उदयपुरमा बालबालिका बढी अपराधमा संलग्न हुन थालेको र आफ्नो जीवनलाई सङ्कटमा पारिरहेको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो । 

मोबाइल जस्ता प्रविधि बढी चलाउन दिनु, गलत सङ्गतमा लागेका बालबालिकालाई अभिभावकले बेवास्ता गर्नु र समाजका जिम्मेवार व्यक्ति पनि गैरजिम्मेवार बन्दै जानुले अहिले उदयपुरमा बालबालिका अपराधमा बढी संलग्न हुन थालेको विभिन्न विश्लेषक तथा बुद्धिजीवीको धारणा छ । 

समयमा नै अभिभावक सचेत नबने जिल्लाका धेरै बालबालिकाको भविष्य अन्धकार हुने र झनै आपराधिक क्रियाकलाप बढ्दै जाने सरोकारवाला निकाय बताउँछन् । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै