२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा आपराधिक घटनामा बालक नै बढी संलग्न

२५ मंसिर २०७५, मंगलवार ०७:३२

मङ्सिर २५, गाईघाट | उदयपुरमा वर्षेनी हुने विभिन्न आपराधिक क्रियाकलाप, बलात्कार, यौनहिंसा र चोरी जस्ता कार्यमा सबैभन्दा बढी १५ वर्ष मुनिका बालकनै संलग्न हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कअनुसार चार महीना यतादेखि भएका जिल्लाका विभिन्न आपराधिक घटनामा अधिकांशमा बालक नै संलग्न हुने गरेको दखिएको छ । 

जिल्लामा भएका चार महीनाभित्रका बालिका बलात्कार झण्डै सात घटना तथा यौन दुव्र्यवहारका अधिकांश घटनामा १५ वर्षसम्मका बालकको संलग्नता रहेको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताउनुभयो । यता इन्सेक उदयपुरका अनुसार चार महीनाभित्र जिल्लामा २२ बालिका बलात्कृत भएको र यसमा १५ वर्षसम्म बालकको संलग्नता धेरै रहेको छ । 

इन्सेक उदयपुरका संयोजक भरत थापाका अनुसार बलात्कारको घटनामा पहिले १७ वर्ष भन्दा माथिका किशोर बढी संलग्न हुने गरे पनि अहिले १५ वर्ष मुनिका बालकको धेरै संलग्नता देखिन्छ । यस अघिका वर्षमा जिल्ला लागुऔषध दुव्र्यसन र प्रयोगकर्तामा पनि बढी किशोर संलग्न हुने गरेको तर अहिले १५ वर्ष मुनिका बालक धेरै संलग्न हुने र दुव्र्यसनमा फस्ने गरेको प्रहरी प्रमुख राईले जानकारी दिनुभयो । 

बालबालिका अपराध तथा लागुऔषध दुव्र्यसनमा फस्दै जानु भनेको अभिभावकले आफ्ना बालबालिकाको उचित रेखदेख र हेरचाह नगरी लापवाही गर्नाले नै अहिले उदयपुरमा बालबालिका बढी अपराधमा संलग्न हुन थालेको र आफ्नो जीवनलाई सङ्कटमा पारिरहेको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो । 

मोबाइल जस्ता प्रविधि बढी चलाउन दिनु, गलत सङ्गतमा लागेका बालबालिकालाई अभिभावकले बेवास्ता गर्नु र समाजका जिम्मेवार व्यक्ति पनि गैरजिम्मेवार बन्दै जानुले अहिले उदयपुरमा बालबालिका अपराधमा बढी संलग्न हुन थालेको विभिन्न विश्लेषक तथा बुद्धिजीवीको धारणा छ । 

समयमा नै अभिभावक सचेत नबने जिल्लाका धेरै बालबालिकाको भविष्य अन्धकार हुने र झनै आपराधिक क्रियाकलाप बढ्दै जाने सरोकारवाला निकाय बताउँछन् । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य