2026-09-01 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको बडिगाड खोलामा र्याफ्टिङ परीक्षण सफल

मङ्सिर २५, गुल्मी | जिल्लाको सत्यवती गाउँपालिकामा अवस्थित बडिगाड (रूद्रावती) खोलामा र्याफ्टिङको सफल परीक्षण गरिएको छ । 

चितवनको फिस्लिङबाट मगाइएको मानध्वज गुरुङ नेतृत्वको पाँच सदस्यीय गाइड टोलीले प्रारम्भिक निरीक्षण गरेपछि सत्यवती–५ को साहा घाटदेखि सत्यवती–१ को रुद्रवेणीसम्म करीब पाँच किलोमिटर भन्दा बढी दुरीमा र्याफ्टिङ गरी व्यावहारिक परीक्षण सम्पन्न गरिएको छ । 

 

गाउँपालिकाका अध्यक्ष परिसर ढकालले डुङ्गामा चढेर र्याफ्टिङको उद्घाटन गर्नुभएको थियो । त्यसपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीको नेतृत्वमा कर्मचारी टोलीले गाइडको साथमा उक्त दुरी तय गरेको थियो । साथै पथप्रदर्शनको लागि दुईवटा कायाकिङको समेत व्यवस्था गरिएको थियो । 

कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकता दिई अगाडि बढिरहेको गाउँपालिकालाई चिनाउने र आर्थिक उपार्जनको आधारको रूपमा र्याफ्टिङ व्यवसायलाई सञ्चालन गर्ने सोच रहेको गाउँपालिका प्रमुख ढकालले बताउनुभयो । परीक्षण पश्चात फिस्लिङबाट आएको उक्त गाइड टोलीले बडिगाड खोला निकै सम्भावनायुक्त रहेकोले प्रचारप्रसार गरी बाह्य पर्यटकलाई समेत आकर्षित गर्न सकिने बताएको थियो । 

नदीको बीचका केही ढुङगा हटाउन सकेको खण्डमा जोखिमलाई कम गर्न सकिने सुझाव टोलीको रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन