२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सरकार कमजोर भए नागरिकका अधिकार सुरक्षित हुँदैन: मुख्यमन्त्री पोखरेल

२०७५, २६ मंसिर बुधबार १०:२३

मङ्सिर २६, रुपन्देही | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार बलियो भए जनता अधिकार सम्पन्न हुने बताउनुभएको छ । 

प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगले आज बुटवलमा आयोजना गरेको मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र सांसदको भूमिका विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सरकारसक्षम भएमात्र जनताले अधिकारको प्रत्याभूति गर्ने बताउनुभयो । “राज्यलाई कमजोर बनाएर परिणाम आउँदैन” उहाँले भन्नुभयो, “मौलिक हकको सुनिश्चितताको लागि सरकारलाई कसरी बलियो बनाउने भन्नेतर्फ सबैले सोचौँ ।” 

उहाँले सरकार कमजोर हुँदा सङ्गठित जमातले नागरिकमाथि प्रभुत्व जमाउने र नागरिकका अधिकार कुण्ठित हुने विचार व्यक्त गर्नुभयो । 

उहाँले मुलुक विकास र समृद्धिको बाटोमा अगाडि बढेकाले यसलाई मानवअधिकारसँग जोड्न जरुरी रहेको बताउनुभयो । 

विकासको प्रतिफल जनताले पाउन भन्नकै लागि प्रदेश सरकार लागिरहेको बताउँदै उहाँले जमीन नभएका कारण श्रम गर्न नपाएका नागरिकका लागि जमीन दिने कार्यक्रम ल्याएको बताउनुभयो । 

कार्यक्रममा प्रदेशका कानूनमन्त्री कुलप्रसाद केसीले कानून कार्यान्वयनका लागि प्रदेश सरकार तदारुकताका साथ लागिपर्ने बताउनुभयो । 

राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त गोविन्द शर्मा पौडेलले नागरिकका अधिकारका विषयमा तीन तहकै सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा अधिवक्ताद्वय मोहनलाल बज्राचार्य र तेजप्रसाद कँडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा