२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

तीस हजार मेट्रिक टन मल बन्दरगाहमै रोकियो

४ पुष २०७५, बुधबार ०९:१९

पुस ४, वीरगञ्ज | केही दिनयता भारतको आन्ध्र प्रदेशमा आएको चक्रवातका कारण कृषि सामग्री कम्पनी लिमिटेडको ३० हजार मेट्रिक टन रासायनिक मल विशाखापट्टनम बन्दरगाहमा रोकिएको छ । 

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जका अनुसार विगत केही दिनदेखि भारतको आन्ध्रप्रदेशमा आएको चक्रवातको कारण विशाखापट्टनम बन्दरगाहमा रहेको रेल्वे लिकमा अवरोध भएपछि युरिया मल २५ हजार मेट्रिक टन तथा पोटास पाँच हजार मेट्रिक टन रोकिन गएको हो । 

विशाखापट्टनम बन्दरगाहबाट रेल मार्ग हुँदै उक्त रासायनिक मल वीरगञ्जको अलौस्थित एकीकृत जाँच चौकी (आइसिपी)मा आउनुपर्ने लिमिटेडका क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले राससलाई बताउनुभयो । 

उहाँले अन्य रासायनिक मल मौज्दात अवस्थामा रहे पनि पोटासको अभाव भएकाले केही मात्रामा भए पनि गहुँ खेती प्रभावित हुने बताउनुभयो । 

कम्पनीले पर्सा जिल्लामा रहेको आफ्ना १०० डिलरमार्फत चालू आवको साउनदेखि मङ्सिरसम्ममा युरिया सात हजार ४४६ मेट्रिक टन, डिएपी चार हजार ६२५ मेट्रिक टन तथा पोटास ११ मेट्रिक टन बिक्री गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य