2026-09-13 02:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा प्रथम ठोरी महोत्सव हुँदै

पुस ४, रामपुर | पर्सा जिल्लाको दक्षिण पश्चिममा रहेको ठोरी गाउँपालिकामा आन्तरिक तथा भारतीय पर्यटक भित्र्याउने उद्देश्यले ‘प्रथम ठोरी महोत्सव’ आयोजना हुनेभएको छ । 

ऐतिहासिक राईधारा परिसरमा हुने महोत्सवले स्थानीय उत्पादनको प्रचारप्रसार हुने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास आयोजकले लिएको छ । राईधार नेपाल भारत क्षेत्रको दशगजा क्षेत्रमा पर्छ । ठोरी गाउँपालिकाको दक्षिणमा भारतको पश्चिम चम्पारण जोडिएको छ भने उत्तरपश्चिममा चितवन राष्ट्रिय निकुञ्ज पर्छ । 

यहाँ सीता गुफा, राईधारा, रानी वन, गोले डाँडा, सिने पर्वत, ह्वाइट हिल, अमृतधारा, वनशक्ति मन्दिरलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर भारतीय पर्यटकलाई नेपालसम्म आउने वातावरण बनाउन महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । 

कपुरबोट मिडिया प्रालिको आयोजनामा यही पुस १२ देखि २२ गतेसम्म सञ्चालन हुने महोत्सवमा १५० कक्ष रहने छ । 

महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक तथा पर्यटन, हस्तकला, अटो, बैंक तथा वित्त एवं विविध साँस्कृतिक कार्यक्रम हुने कपुरबोट मिडिया प्रालिका अध्यक्ष सन्तोष देउजाले जानकारी दिनुभयो । 

विहारको पश्चिम चम्पारणसँग जोडिएको ठोरीमा अङ्ग्रेजी नयाँ वर्ष मनाउन पर्यटकको घुइँचो लाग्ने गर्दछ । ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढाउन महोत्सवले महत्वपूर्ण सहयोग पु¥याउने गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले