२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा प्रथम ठोरी महोत्सव हुँदै

४ पुष २०७५, बुधबार १०:००

पुस ४, रामपुर | पर्सा जिल्लाको दक्षिण पश्चिममा रहेको ठोरी गाउँपालिकामा आन्तरिक तथा भारतीय पर्यटक भित्र्याउने उद्देश्यले ‘प्रथम ठोरी महोत्सव’ आयोजना हुनेभएको छ । 

ऐतिहासिक राईधारा परिसरमा हुने महोत्सवले स्थानीय उत्पादनको प्रचारप्रसार हुने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास आयोजकले लिएको छ । राईधार नेपाल भारत क्षेत्रको दशगजा क्षेत्रमा पर्छ । ठोरी गाउँपालिकाको दक्षिणमा भारतको पश्चिम चम्पारण जोडिएको छ भने उत्तरपश्चिममा चितवन राष्ट्रिय निकुञ्ज पर्छ । 

यहाँ सीता गुफा, राईधारा, रानी वन, गोले डाँडा, सिने पर्वत, ह्वाइट हिल, अमृतधारा, वनशक्ति मन्दिरलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर भारतीय पर्यटकलाई नेपालसम्म आउने वातावरण बनाउन महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । 

कपुरबोट मिडिया प्रालिको आयोजनामा यही पुस १२ देखि २२ गतेसम्म सञ्चालन हुने महोत्सवमा १५० कक्ष रहने छ । 

महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक तथा पर्यटन, हस्तकला, अटो, बैंक तथा वित्त एवं विविध साँस्कृतिक कार्यक्रम हुने कपुरबोट मिडिया प्रालिका अध्यक्ष सन्तोष देउजाले जानकारी दिनुभयो । 

विहारको पश्चिम चम्पारणसँग जोडिएको ठोरीमा अङ्ग्रेजी नयाँ वर्ष मनाउन पर्यटकको घुइँचो लाग्ने गर्दछ । ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढाउन महोत्सवले महत्वपूर्ण सहयोग पु¥याउने गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान