2026-09-08 09:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुको सगरमाथा माविलाई कम्प्युटर सहयोग

चैत २६, सोलुखुम्बु । सोलुखुम्बु बुङका युवाले गाउँको सगरमाथा माध्यमिक
विद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि सहयोग गरेका छन् ।

दक्षिण कोरियामा कार्यरत बुङका देवनारायण कुलुङ, दिनेश कुलुङ, युद्ध कुलुङ, डिल्ली कुलुङ र
मोति कुलुङले संयुक्त रुपमा १० वटा कम्प्युटर र एउटा फोटोकपी मेसिन उपलब्ध गराएका सगरमाथा मावि बुङका
शिक्षक पर्खिधन कुलुङले बताए ।

यस्तै, कम्प्युटर कक्षा
सञ्चालनका लागि शिक्षकको व्यवस्था गर्न दक्षिण कोरियामै कार्यरत बुङका नागेश्वर कुलुङ, पूर्णिमा कुलुङ र
किताब सिंह कुलुङबाट प्रतिव्यक्ति रु ५०/५० हजार, केन्द्र कुलुङबाट रु २२ हजार २४२, धन कुलुङबाट रु २२
हजार २०५, खड्ग कुलुङबाट रु १८ हजार ६९१ प्राप्त भएको पनि शिक्षक पर्खिधनले बताउनुभयो ।

सदरमुकामबाट दुई दिनको पैदल दूरीमा रहेको अति विकट बुङ गाविसमा रहेको सगरमाथा
विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न थालिएपछि अभिभावक, शिक्षक तथा विद्यार्थीमा खुसियाली छाएको छ

सत्तरी किलोवाट क्षमताको भुवाखोला लघु जलविद्युत् आयोजनाबाट
गाउँमा चौबीसै घन्टा विद्युत् उपलब्ध भएपछि विदेशमा रहेका युवाले कम्प्युटर कक्षा सञ्चालनका लागि सहयोग
गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित