२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

बोक्सोको आरोपमा वृद्धको हत्या गर्ने आरोपितलाई जन्मकैद

२०७५, १९ पुष बिहीबार १४:०६

पुस १९, सप्तरी | सप्तरी महादेवा गाउँपालिका–४ साविक डाँढा गाविस–८ का एक वृद्धलाई बोक्सोको आरोपमा हत्या गर्ने आरोपितलाई जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला गरेको छ । 

महादेवा गाउँपालिका–४ मनियारी पर्साही मुसहरी टोलका ६१ वर्षीय भोला सदालाई बुधबार जन्मकैद सजायको फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिनुभयो । 

सुतिरहेका सोही ठाउँका ६५ वर्षीय खटर सदालाई कथित बोक्सो भन्दै ०७३ मङ्सिर २ गते राति सिलौटाले प्रहार गरी हत्या गरेको आरोपमा भोलालाई त्यसको भोलि पल्टै प्रहरीले पक्राउ गरेको थियो । 

मृतककी पत्नी ५५ वर्षीया खिखरीदेवी सदाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कारवाहीका लागि उजुरी दिएकी थिइन् । जिल्ला न्यायाधीश राजेशकुमार काफ्लेको एकल इजलासले आरोपित सदालाई विसं २०७३ मङसिर २२ गते पुपक्षर्का लागि राजविराज कारागारमा थुनामा पठाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी