नन्द बहादुर रोकाया | पुष २३, मुगु | जिल्लामा आईतबार रातिदेखि भारी हिमपात भइरहेको छ । आईतबार रातिबाट सुरु भएको हिमपात सोमबार पनि जारी रहेको छ ।

जिल्लाका उच्च हिमाली क्षेत्रमा भने सोमबार बिहानैदेखि हिमपात भईरहेको छ । मुगुमकामरोगं गाउँपालीकाको साविकका पर्ने करानका पाँच गाविस मुगु, डोल्फु, किम्री, पुलु, माँग्रीमा सबै भन्दा बढी हिमपात भएको छ ।

त्यस्तै खत्याड गाउँपालीका खमाले, गम्था, सेरी कोटडाँडा लगायतका ठाउँमा पनी हिपपात भएको छ भने सोरु गाउँपालीकाका, कालै, धैन, सोरुकोट भिई लगायतका ठाउँमा पनि हिमपात भईरहेको सोरुका स्थानीय पदम बहादुर शाहीले जानकारी दिए ।

यता छायाँनाथ रारा नगरपालीकाको साविकाका रोवा, रुगा, रारा, पिना, लगायतका गाविसमा पनि भारी हिमपात भएको छ । अघिल्लो वर्षको तुलानामा यो बर्ष छिटोनै हिउ परेको जानकारहरुले बताएका छन ।

भारी हिमपातसंगै हिमपातले जिल्ला भरको जनजीवन कष्टकर बनाएको छ । लगातार हिमपात भएपछि अत्याधिक जाडो समेत बढेको छ । निकै चहलपहल हुने गमगढी बजार समेत सुनसान रहेको छ । अत्याधिक हिमपातका कारण स्थानीयले पशु चौपाया समेत गोठबाट निकाल्न सकेका छैनन् ।

हिपपात भएपछी भने कृषक खुसी भएका छन् । लामो समयदेखि पानी नपरेर निराशा भएका किसान भने खुसी भएका छन् । हिमपातसंगै खेतीपातीमा राम्रो हुने किसानहरु बताउछन् ।

मुगुमा हिमपात, जनजीवन कष्टकर, किसान भने खुसी – फोटो फिचर
By साझासवाल
4 मिनेट पढाइ