३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

अज्ञात समुहले पेट्रल छर्केर बर्दिवासमा तीन ओटा नाइट बस जलायो

१० भाद्र २०७२, बिहीबार २०:०८

आरएन महतो । भदौं-११, बर्दिवास । अज्ञात समुहले महोत्तरीको बर्दिवास
नगरपालिका १ मा पार्किङ्ग गरि राखिएको तीन नाइट बसमा बिहिबार राति आगजानी गरेका छन् । पाँच दिन अघिदेखि
पार्किङ्ग गरि राखिएको महोत्तरीबाट काठमाँडौं चल्ने ना ५ ख ४९९४, ना. ५ ख २६९४ र भरखरै खरिद गरि ल्याएको
वन टेस्ट बसमा आगजानी गरिएको स्थानीयले बताएका छन् ।Mahottari

बिहीबार राति
साँढे १० बजेको समयमा पट्रोल छर्केर बसमा आगजानी गरिएको तीनै बसका धनी महोत्तरीको औरही निवासी मुकेश
चौधरीले बताएका छन् । चौधरीका अनुसार, बर्दिवास स्थित डेरामा आफु राति सुति रहेको समयमा बसमा आगो
लगाइएको उनले बताए ।

आगजानीबाट जलेश्वर—जनकपुर—काठमाँडौ चल्ने
ना ५ ख ४९९४ र भरखरै खरिद गरेर ल्याइएको वन टेस्ट बस पूर्ण रुपमा नष्ट भएको छ भने, महोत्तरीको
सम्सि—गौशला—काठमाँडौं चल्ने बसमा आगलागीबाट आँशिक क्षति पुगेको प्रहरीले जनाएको छ । वनटेस्ट बस सडकमा
गुडन नपाउँदै आगजानी भएको हो ।

बर्दिवास चोक स्थित भोला बसन्त
चोक भन्दा करीब ३ सय मिटर उत्तरमा बसमा आगो लागनु प्रहरीको कमजोरी भएको स्थानीय युवा रंजितराज
ढुङ्गानाले बताए । प्रहरी चोक केन्द्रत बन्दा तीन बसमा प्रहरीकै आगाडी आगो लगाई अज्ञात समुहले जलाएकोे
उनले बताए ।

रिसिबीले बस जलाइएको हुन सक्ने प्रहरीले अनुमान
रहेको इलका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए । उनका अनुसार बस धनी
चौधरीको बस धेरै पहिलेदेखि नै टार्गेटमा रहेको प्रनि यादवले बताए । राति नै स्थानीय र प्रहरीले मिलेर
बसमा लागाइएको आगो निभाएका हुन् ।बसमा किन र कसले आगो लगाएको भन्ने बारे खुल्न नसकेको जिल्ला ट्राफिक
प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक तुलसी प्रसाद उप्रेतीले बताए ।

बुधबार साँझ पूर्व—पश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको लक्ष्मिनियाँ ५ स्थित बीच
जंगलमा मधेशी मोर्चाका कार्यकर्ताहरुले बन्दमा सवारी चलाएको भन्दौ एक बस र एक ट्रकमा आगो लगाएर जलाएको
घटना सेलाउन नपाउँदै बिहिबार बर्दिवास स्थित बरगाछाी टोलमा तीन बसमा अज्ञात समुहले आगजानी गरेका हुन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन