असोज २६, महोत्तरी / गएराति महोत्तरीको गौशालामा हतियारधारी
समूहबाट लाखौँको लुटपाट भएको छ ।
गौशाला नगरपालिका– ८ का मनोज साहको घरमा हतियारधारीको समूहले
पेस्तोल देखाई रु १० लाख बराबरको लुटपाट गरेको हो ।
घरको पछाडि बाँसको सहाराले घरभित्र पसेको सो
समूहले रु पाँच लाख नेपाली, एक लाख भारु, एक थान मोबाइल, दुई तोला सुन, एक तोला चाँदी लुटपाट भएको पीडित
मनोज साहले जानकारी दिए ।
प्रहरी समयमै घटनास्थलमा पुगेपछि थप लुटपाटबाट जोगिएको इलाका प्रहरी
कार्यालय गौशालाले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र घटनामा संलग्नहरुको खोजी
कार्य भइरहेको प्रहरी निरीक्षक चन्देश्वर यादवले जानकारी दिए ।