2026-09-11 08:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

उखु किसान क्रसर तर्फ आकर्षित

राम नारायण महतो, कार्तिक २९, गौशाला । संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको अनिश्चितकालिन आमहडतालको कारण महोत्तरीको रामनगरमा रहेको चिनी
मिल समयमा संचालनमा हुने अवस्था नदेखेपछि उखु किसानहरु क्रसरमा उखु पेल्ने कार्य तर्फ आकर्षित भएका छन्

ukhu

चिनी मिल संचालन
हुने समय अनिश्चित बन्दै गएपछि उखु किसानहरुले तयारी अवस्थामा रहेको उखु आफँैले क्रसरमा पेलेर सख्खर
बनाउने कार्य गर्न थालेका हुन् । यस क्षेत्रका रामनगर, गौशाला, निगौल, औरही, किसाननगर, पशुपतिनगर,
हात्तिलेट, बेलगाछि, भरतपुरलगायत गाविसका किसानहरुको नगदे बालीका रुपमा रहेको उखु खेती भाडामा भएपनि
क्रसरमा लगि सख्खर बनाउने कार्य तर्फ आकर्षित भएका हुन् ।

आमहड्तालको समयमा आर्थिक सङ्कट समाधान गर्न आफ्नो उखु क्रसरमा लगि सख्खर बनाएर बजारमा बिक्री
गरी आम्दानी गर्दै गरेको पशुपनितगरका किसान भिमबहादुर आले मगरले बताए । आमहड्तालको कारण चिनी मिल चल्ने
कुनै सुरसार नदेखिएपछि यसरी सख्खर बेचेर घरसमस्या समाधान गर्दै आएको उनी बताउँछन् ।

अहिले चाडपर्वको समय भएकोले बजारमा सख्खरको भाउ राम्रै पाएको अर्का किसान
किसाननगरका राजविर महतोले बताए । कात्तिक महिनाभरिमा उखु काटदा खेतमा अन्य बाली लगाउन सकिने भएकोले
फाइदा हुने भएको महतोले बताए ।

महोत्तरीको रामनगरमा रहेको
एभरेष्ट चिनी मिलसँग आफुले कवुलियत गरेतापनि क्रसरमा उखु पेल्नु आपूmहरुको बाध्यता रहेको गौशाला
नगरपालिकाका किसान भोला महतोले बताए । बन्दका कारण समयमा मिल संचालन हुने छाटकाँछ नदेखेर तयारी अवस्थामा
रहेको उखुलाई क्रसिङ्ग गर्न झन्झटिलो हुने भएकोले क्रसरमा नै दिन लागेको उनले बताए ।

यता मोर्चाले गरेको आमहडतालका कारण सवारीसाधन नचलेपछि मिल संचालनको लागि चाहिने
रसायनिक पदार्थको अभावमा यस वर्षको उखु क्रसिङ्गमा भएको एभरेष्ट चिनीमिल रामनगर स्रोतले जनाएको छ । मिल
स्रोतले जनाए अनुसार अहिले मिलको मर्मत सम्भार कार्य अझै  ३० प्रतिशत बाँकी रहेकोले आमहडताल खुलेतापनि
मिल संचालन गर्न तीन महिना लाग्ने मिल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस