२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

उखु किसान क्रसर तर्फ आकर्षित

२८ कार्तिक २०७२, शनिबार २१:२७

राम नारायण महतो, कार्तिक २९, गौशाला । संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको अनिश्चितकालिन आमहडतालको कारण महोत्तरीको रामनगरमा रहेको चिनी
मिल समयमा संचालनमा हुने अवस्था नदेखेपछि उखु किसानहरु क्रसरमा उखु पेल्ने कार्य तर्फ आकर्षित भएका छन्

ukhu

चिनी मिल संचालन
हुने समय अनिश्चित बन्दै गएपछि उखु किसानहरुले तयारी अवस्थामा रहेको उखु आफँैले क्रसरमा पेलेर सख्खर
बनाउने कार्य गर्न थालेका हुन् । यस क्षेत्रका रामनगर, गौशाला, निगौल, औरही, किसाननगर, पशुपतिनगर,
हात्तिलेट, बेलगाछि, भरतपुरलगायत गाविसका किसानहरुको नगदे बालीका रुपमा रहेको उखु खेती भाडामा भएपनि
क्रसरमा लगि सख्खर बनाउने कार्य तर्फ आकर्षित भएका हुन् ।

आमहड्तालको समयमा आर्थिक सङ्कट समाधान गर्न आफ्नो उखु क्रसरमा लगि सख्खर बनाएर बजारमा बिक्री
गरी आम्दानी गर्दै गरेको पशुपनितगरका किसान भिमबहादुर आले मगरले बताए । आमहड्तालको कारण चिनी मिल चल्ने
कुनै सुरसार नदेखिएपछि यसरी सख्खर बेचेर घरसमस्या समाधान गर्दै आएको उनी बताउँछन् ।

अहिले चाडपर्वको समय भएकोले बजारमा सख्खरको भाउ राम्रै पाएको अर्का किसान
किसाननगरका राजविर महतोले बताए । कात्तिक महिनाभरिमा उखु काटदा खेतमा अन्य बाली लगाउन सकिने भएकोले
फाइदा हुने भएको महतोले बताए ।

महोत्तरीको रामनगरमा रहेको
एभरेष्ट चिनी मिलसँग आफुले कवुलियत गरेतापनि क्रसरमा उखु पेल्नु आपूmहरुको बाध्यता रहेको गौशाला
नगरपालिकाका किसान भोला महतोले बताए । बन्दका कारण समयमा मिल संचालन हुने छाटकाँछ नदेखेर तयारी अवस्थामा
रहेको उखुलाई क्रसिङ्ग गर्न झन्झटिलो हुने भएकोले क्रसरमा नै दिन लागेको उनले बताए ।

यता मोर्चाले गरेको आमहडतालका कारण सवारीसाधन नचलेपछि मिल संचालनको लागि चाहिने
रसायनिक पदार्थको अभावमा यस वर्षको उखु क्रसिङ्गमा भएको एभरेष्ट चिनीमिल रामनगर स्रोतले जनाएको छ । मिल
स्रोतले जनाए अनुसार अहिले मिलको मर्मत सम्भार कार्य अझै  ३० प्रतिशत बाँकी रहेकोले आमहडताल खुलेतापनि
मिल संचालन गर्न तीन महिना लाग्ने मिल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ