2026-09-13 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

जङ्गली हात्तीद्वारा घरमा तोडफोड, तीन दर्जन घरमा क्षति

माघ १४, राजविराज | कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति तीन दर्जन बढी घरमा तोडफोड गरेर क्षति पुर्याइएको छ । 

जिल्लाको अग्निसाइर कृष्णासवर र रुपनी गाउँपालिकामा जङ्गली हात्तीले तीन दर्जन घरमा क्षति गरेको स्थानीय वृजमान तामाङले जानकारी दिनुभयो । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहले रुपनी गाउँपालिका–६ का वीरबहादुर तामाङको घर भत्काउँदा रु ५० हजार मूल्य बराबरको क्षति भएको छ । 

हात्तीले तामाङको घरमा रहेको अन्नपात, फर्निचर र घर पूर्णरूपले क्षति पुर्याइएको छ भने गणेशबहादुर मगर, रत्नमाया राई, हरिलाल चौधरी लगायतका दर्जनौँ व्यक्तिको घरमा तोडफोडसमेत गरेको स्थानीयवासीले बताएका छन् । 

छ वटाको समूहमा आएका जङ्ली हात्तीले अग्निसाइर कृष्णा सवरन गाउँपालिका–२ का बलबहादुर राईको एउटा घर पूर्णरुपमा क्षति गरेको तमाङले बताउनुभयो । 

राईको घर भत्काएर चामल, कोदो, मकै र घरभित्र रहेको भाँडाकुडासहितको सामान नष्ट गर्दा करीब रु एक लाख बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो । 

जङ्ली हात्तीको समूहले एक हप्ताभित्रमा २८ वटा घरमा क्षति गर्नुको साथै किसानले लगाएको लाखौँ मूल्यका गहुँबालीसमेत नष्ट गरेको गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले