Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न चालकलाई सडकमै प्रशिक्षण

By kit 5 मिनेट पढाइ

लक्ष्मी अर्याल | माघ २२, गुल्मी | जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्न भन्दै फरक–फरक तरिकाबाट सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । प्रहरीले गाडी धनी, चालक तथा सहचालक, बिद्यार्थी, यात्रुहरु, सर्बसाधरणलाई फरक–फरक तरिकाबाट सचेतना कार्याक्रमहरु गर्दै आएको छ ।

‘ट्राफिक नियम जनौ र मानौ, आफुपनि बचौ अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ गुल्मीमा ट्राफिक सचेतना कार्यक्रमहरु गर्दैै आएको प्रहरी नायव निरिक्षक पृथ्वीनारायण काफ्लेले बताए । ट्राफिक कार्यालय गुल्मीले मंगलवार तम्घासको उदिनढुंगा र रुरु गाउँपालिकाको रिडी बसपार्कमा ओभरटेक गर्दा ध्यान दिनुपर्ने बिषयमा सचेतना कक्षा सञ्चालन गरेको हो ।प्रहरीले सडकमै यातायात ब्यवसायी, चालक, सहचालक स्थानियलाई राखेर ओभरटेक गर्दा ओभरटेक गर्न दिने सवारी साधनले उचित स्थानमा बायाँ तर्फको साइड लाइट बाली साइड दिने र ओभरटेक गर्ने सवारी साधनले दाहिने तर्फको साइड लाइट बालेर मात्र ओभरटेक गर्ने बारे सचेतना स्वरु प्रशिक्षण दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब निरिक्षक काफ्लेले बताए । उनले ओभरटेक गरिसकेपछि बायाँ तर्फको साइड लाइट बालि आफ्नो लेनमा जाने सम्बन्धमा जानकारी गराउनुको साथै अभ्यास समेत गराइएको प्रहरी नायब निरीक्षक काफ्लेले बताए । दुर्घटनाको एउटा महत्वपूर्ण कारक तत्वमा गाडीहरु एक आपसमा ओभरटेक गर्दा अपनाउनु पर्ने सर्तकता खेलवाडका कारण पनि हुने हुँदा चालकहरुलाई सचेत गराउनको लागि कार्यक्रम गरिएको काफ्लेले बताए ।

उनले यातायात ब्यवसायी, चालक, सहचालक स्थानियलाई अन्य ट्राफिक नियम सम्बन्धमा पनि जानकारी गराइएको बताए । वढ्दो दुरर्घटना रोक्नको लागि ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक नियम र सवारी दुर्घटना कारण तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि बिद्यालय,चालक र सहचालक हरुलाई पनि सचेतना कार्यक्रम गर्दै आएको छ ।जिल्ला ट्राफिक कार्यालय गुल्मीले आर्थिक वर्ष २०७५÷०७६ को ६ महिनामा झण्डै १६ लाख राजस्व संकलन गरेको छ । गएको साउनदेखि पुस सम्मको तथ्याङ्क अनुसार नियम बिपरित चलाएका सवारी साधनमाथी गरिएको कारवाहीमा १५ लाख ५४ हजार राजश्व असुली गरिएको जिल्ला जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।ट्राफिक नियम उल्लंघन गरी सवारी चलाए वापत जिप,बस,कार,मोटरसाइकल,ट्याक्टर,ट्रक लगायतका २ हजार ५ सय ९८ वटा सवारी साधनमाथी कारवाही गरेको जनाएको छ ।