८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

विवाह गर्ने जोडी नपाउँदा समस्या

२९ माघ २०७५, मंगलवार ०८:३३

हरिकुमार राई | माघ २९, गाईघाट | नेपालमा नै अल्पसङ्ख्यक अवस्थामा रहेका हायु जातिमध्ये उदयपुरमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक हायु जातिका उमेर पुगेका युवक तथा युवतीमा अहिले जिल्लाभित्र विवाह गर्ने जोडी नपाएपछि आफ्ना परम्परागत जातिगत विवाहमा समस्या देखिन थालेको छ । 

कटारी नगरपालिका–१० सिरवानीमा बसोबास गर्ने पाँचघर हायु र त्रियुगा नगरपालिका–१६ सुकौरामा बसोबास गर्ने दुई घरमात्र हायु रहेको उदयपुरमा अहिले हुर्केका छोरा तथा छोरीमा परम्परागत जातीय विवाह गर्न समस्या आउन थालेको स्वयं हायुका बूढापाका बताउँछन् । 

कटारी सिरवानीका ७० वर्षीय पञ्चमान हायुले भन्नुभयो, “आफूहरूको पुख्र्यौली थलो रामेछाप हुँदै पुर्खा उदयपुर आइपुगे, पहिला–पहिला त दुईथरीका हायु भएको कारण विवाह चलाइयो, अब भने एकअर्कामा मामा, भान्जाभान्जी पर्न थालेपछि युवायुवतीको विवाहमा समस्या आउन थाल्यो ।” 

सिरवानीकै अर्का तेजबहादुर हायुका अनुसार उदयपुरमा अहिले दुईथरीका बालुङ्लोचा र कमालोचा जातिका हायु बसोबास गर्दै आएका छन् । जम्मा सातघर हायु परिवार रहेकोमा पहिला–पहिला यी दुई हायुबीच विवाहवारी चले पनि अहिले भने दुवैको छोराछोरी नाता कुटुम्बको कारण भन्जाभान्जी, मावली दाजुभाइ, दिदीबहिनी प्रत्यक्ष साइनो परेका कारण विवाह नचल्ने भएपछि जिल्लाभित्र विवाह गर्न समस्या हुन थालेको कटारी सिरवानीका तेजबहादुर बताउनुहुन्छ । 

सुकौराका बद्री हायुका अनुसार आफूहरू पहिला मकवानपुरदेखि उदयपुर आए पनि उदयपुरको बालुङलोचा हायुसँग ससुराली सम्बन्ध भएपछि छोराछोरीको मावली परेका कारण उनीहरूको छोराछोरीसँग आफूहरूको छोराछोरीको विवाह नचल्ने बताउनुहुन्छ । 

अल्पसङ्ख्यकरूपमा बसोबास गर्दै आएका उदयपुरका केही हायुका छोराछोरीले अहिले जिल्लाभित्र आफ्नो जातिसँग विवाह गर्न नभएपछि अन्तरजातीय विवाह गर्न थालेकाले जिल्लाबाट नै भविष्यमा आफूहरूको जातिको अस्तित्व नै हराउने त हैन भन्ने चिन्ताले सताएको बद्री हायु बताउनुहुन्छ । 

छोराछोरीको विवाहको विषयमा सुकौराका ६० वर्षीया कमला हायु भन्नुहुन्छ, “छोरीले अन्तरजातीय केटासँग विवाह गरिन्, छोराले पनि यसै गर्छ भनेर भर्खरै टाढा सिन्धुलीसम्म पुगेर बल्ल एउटा आफ्नै जातको बुहारी भित्र्याउन सफल भएका छौँ ।” 

अब जिल्लाभित्र केटाकेटीमा विवाह नभएपछि छोराछोरीको अस्तित्व जोगाउन पनि अहिले बुहारी तथा ज्वाईं खोज्न टाढाको बाहिर जिल्ला जान बाध्य हुन परेको सुकौराकै अर्का शङ्कर हायु बताउनुहुन्छ । नेपाल आदिवासी तथा जनजाति महासङ्घ उदयपुरका अध्यक्ष केशव मगरका अनुसार उदयपुरमा अहिले सात घर हायु रहेको र उनीहरूको सङ्ख्या झण्डै ५५ जना रहेको छ । 

हाल वर्तमान अवस्थामा हायुको मुख्य थलो रामेछाप, मकवानपुर, सिन्धुली, काभ्रे, ओखलढुङ्गा, भोजपुरलगायतका जिल्लामा मात्र रहेको उदयपुरका हायु परिवार बताउँछन् । अहिले उदयपुरका हायुमा आफ्नो जातिको अस्तित्व सङ्कटमा परेकाले अस्तित्व बचाउने नै पहिलो सङ्कट रहेको हायु बताउने गर्दछन् । 

हुर्केका छोराछोरीले जिल्लाभित्र विवाह गर्ने जोडीसमेत पाउन छाडेपछि छोराछोरीको विवाह गर्न जोडी खोज्न ओखलढुङ्गा, सिन्धुली, काभ्रे वा मकवानपुरसम्म पुग्नुपर्ने बाध्यता रहेकोसमेत हायु बताउँछन् । परम्परागत खेतीपाती गरेर जीवन गुजारा गर्दै आएका उदयपुरका अल्पसङ्ख्यक हायुमा अहिले छोराछोरी हुर्केपछि जोडी खोजेर विवाह गरिदिने र आफ्ना जातीय अस्तित्व बचाउने समस्या र चिन्ताले नै बढी सताएको हायु अगुवा शङ्कर हायु बताउनुहुन्छ । 

सूचनाको हकसम्बन्धी प्रशिक्षण कार्यक्रम 

सदरमुकाम गाईघाट, बोक्सेको जिल्ला समन्वय समितिको हलमा जिल्लाका सरकारी कार्यालयका प्रमुखलाई सूचनाको हकसम्बन्धी एकदिने प्रशिक्षण तथा अन्तरक्रिया सञ्चालन भएको छ । 

राष्ट्रिय सूचना आयोगको आयोजनामा सोमबार सञ्चालन गरिएको उक्त प्रशिक्षण तथा अन्तरक्रियामा राष्ट्रिय सूचना आयोगका आयुक्तद्वय किरणकुमार पोखरेल र यशोदा तिमल्सिनाले जिल्लाका झण्डै तीन दर्जन कार्यालयका प्रमुखलाई सूचनाको हकसम्बन्धी प्रशिक्षण दिनुभयो । 

आयुक्त पोखरेलले सूचनाले कार्यालयको कामलाई अझ बढी पारदर्शी बनाउने हुनाले सूचनाको हकप्रति कर्मचारी बढी जिम्मेवार हुनपर्ने कुरा बताउनुभयो । सरकारी कार्यालयनै बढी सूचना र सूचनाको हकसम्बन्धी जिम्मेवार हुनसके नागरिकमा पनि यसको सकारात्मक प्रभाव पर्ने धारणा आयुक्त पोखरेलले राख्नुभएको नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्काले बताउनुभयो । 

यस्तै अर्का आयुक्त यशोदा तिमल्सिनाले कार्यक्रममा सहभागीलाई सूचनाको हकको महत्व र यसले जनता र सरकारको काममा पार्ने सकारात्मक प्रभावको बारेमा आफ्ना धारणा सूचनाको हकबारे स्पष्ट पार्नुभएको थियो । कार्यक्रमममा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काले समेत सूचनाको हकको औचित्यबारे आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका कर्मचारी र पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

सरकारी कार्यालयको कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी बहस र अन्तक्र्रिया गराएर सूचनाको हकलाई प्रभावकारी बनाउँदै सरकारी कामकाज र सेवा पारदर्शी बनाउन कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय सूचना आयोगका आयुक्त पोखरेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना