Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर २७ गते, राति २:५२ बजे
महोत्तरी - MHT

सर्लाहीमा गोली लागेका दुई बेवारिसे शव परालले छोपेको अवस्थामा फेला  

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २७, सर्लाही ।
सागरनाथ वन परियोजना जंगल छेउको श्रीनगर टोलमा शनिबार साझ गोली लागेक दुई जनाको शव परालले छोपिएको
अवस्थामा फेला परेका छन् ।

मृतकको शरीरमा गोली लागेको र घटना स्थलबट गोलीको खोकाहरु समेत बरामद भएको
प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । मृतक दुवैजना मधेसी मूलका रहेका छन् । दुवै जनाको
हत्या गरी परालमा लुकाइएको स्थानीयले बताएका छन् ।

त्या गरी फालिएको अवस्थामा दुई शव फेला परेको
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । स्थानीयले शनिबार साँझ सात बजे परालभित्र छोपिएर
राखेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनीहरुको कहाँ हत्या भयो र कसले त्यहाँ लुकायो
भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।