2026-08-25 02:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा दैनिक उपभोग्य वस्तुमा मनपरी भाउ

युवराज विष्ट | फागुन ३, भोजपुर | भोजपुरमा दैनिक उपभोग्य सामानमा व्यापारी आफूखुशी मूल्यले स्थानीयवासी मारमा परेका छन् । 

सडकको कारण देखाउँदै व्यापारीले दैनिक उपभोग्य सामानमा आफूखुशी भाउ तोक्दा स्थानीयवासी मारमा परेका हुन् । नेपाल आयल निगमले तोकेको मूल्यअनुसार खाना पकाउने ग्यास प्रतिसिलिण्डर रु एक हजार ३८० भए पनि जिल्लामा रु एक हजार ८०० सम्म तिर्नुपर्ने बाध्यता छ । 

उपभोक्ताको गुनासो बढ्न थालेपछि उद्योग वाणिज्य सङ्घले व्यापारीलाई राखेर मूल्य समायोजनको पहल गरे पनि कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालयले ताकेता गरेकामा भने व्यापारीले ग्यासको मूल्य रु ५० घटाउन सहमत भएको उद्योग वाणिज्य सङ्घका महासचिव नवीन प्रधानले बताउनुभयो । 

भोजपुरमा तराईबाट सामान ल्याउँदा प्रतिकेजी रु पाँच लाग्ने व्यापारीहरू बताउँछन् । भरिएको ग्यास सिलिण्डरको तौल ४५ किलोग्राम हिसाबले ढुवानी ज्याला जोड्दा पनि जिल्लामा प्रतिसिलिण्डर रू एक हजार ६०५ मा उपलब्ध गराउनुपर्ने उपभोक्ताको भनाइ छ । 

जिल्लामा प्रिमा, सुविधा, काश्यप, रिजालको, कोशी, कन्काई ब्राण्डको ग्यास बिक्री हुन्छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौड्यालले ग्यासको भाउ वैज्ञानिक बनाउन पटकपटक पहल गरे पनि व्यापारीले अटेर गरेको बताउनुभयो । चामल, नून, तेललगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउ पनि पसलैपिच्छे फरकफरक रहेको सर्वसारणको भनाइ छ । 

लक्ष्यभन्दा बढी मुद्दा फैसला 

भोजपुर जिल्ला अदालत लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्न सफल भएको छ । वर्षभिरमा ७५ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य भए पनि चालू आर्थिक वर्षको सात महीनामा नै ७२ दशमलव ६८ प्रतिशत मुद्दा फछ्र्योट गरिएको अदालतले आज पत्रकार सम्मलेनमार्फत जानकारी गराएको छ । 

अदालतमा दर्ताभएका २२७ मुद्दामध्ये १६५ मुद्दा फछ्र्योट गरिएको न्यायाधीश हरिश्चन्द्र इङ्नामले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षदेखि जिम्मेवारी सरेर आएका ५८ मुद्दासहित यो वर्ष २२७ मुद्दा दर्ता भएका थिए । 

आदलतले सो अवधिमा ५१ सम्बन्ध विच्छेदका र जबर्जस्ती करणीका २४ मुद्दा फैसला गरेको छ । अदालतमा सम्बन्ध विच्छेदका ७० र जबर्जस्ती करणीका २७ मुद्दा दर्ता भएका थिए । 

त्यस्तै मेलमिलापका लागि पठाइएको ४९ मुद्दामध्ये २४ वटामा मेलमिलाप गराइएको भने नौ प्रक्रियामा रहेको स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिनुभयो । 

हतुवागढीमा मोबाइल एप्स 

हतुवागढी गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकामार्फत सञ्चालन हुँदै आएका हरेक सेवासुविधा सर्वसाधारणलाई सजिलै जानकारी गराउनका लागि बुधबारदेखि मोबाइल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाका सूचना प्रविधि दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त एप्समा गाउँपालिकाका नौवटै वडा कार्यालयको विवरण, कर्मचारी विवरण, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, सेवालगायत गाउँपालिकाको गतिविधि सजिलै हेर्न सकिने व्यवस्था भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । 

त्यस्तै गाउँपालिकाबाट पारित भएका सम्पूर्ण ऐन कानून, महत्वपूर्ण पर्यटकीयस्थल, आपत्कालीन नम्बर, पनि एप्समार्फत हेर्न सकिने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकामा मोबाइल एप्स सञ्चालनमा आएसँगै जुनसुकै ठाउँमा बसेर पनि गाउँपालिकाले गरेका कामबारे जानकारी पाउने भएपछि यहाँका बासिन्दा खुशी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन